मृत्युदण्डमा सजाय माफीका लागि बाइडेनमाथि ट्रम्पको आलोचना



 

वासिङ्टन । डोनाल्ड ट्रम्पले जो बाइडेनले लगभग सबै अमेरिकी सङ्घीय मृत्युदण्डका कैदीहरूको सजाय घटाएको विषयमा आक्रोश व्यक्त गरेका छन् । निर्वाचित राष्ट्रपति ट्रम्प ह्वाइट हाउसमा डेमोक्रेट राष्ट्रपति बाइडेनको स्थान लिने तयारीमा छन् ।

राष्ट्रपति बाइडेनले आफ्नो कार्यकालको अन्तिम महिनामा सोमबार सङ्घीय मृत्युदण्डको प्रतीक्षामा रहेका ४० कैदीमध्ये ३७ जनाको मृत्युदण्डको सजायलाई प्यारोल बिनाको आजीवन कारावासमा परिवर्तन गर्ने घोषणा गरेका छन् ।

तीमध्ये साथी कैदीहरूको हत्या गरेको अभियोगमा नौ, बैंक डकैतीका क्रममा भएको हत्याको अभियोगमा चार र जेल गार्डको हत्या गर्ने एक जना थिए ।

“जो बाइडेनले भर्खरै हाम्रो देशका ३७ जना सबैभन्दा खराब हत्याराको मृत्युदण्ड परिवर्तन गर्नुभएको छ”, ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा पोस्ट गरे, “जब तपाईं प्रत्येकका कार्यहरू सुन्नुहुन्छ, उहाँले यस्तो गर्नुभयो भन्ने विश्वास नै गर्न सक्नुहुन्न । कुनै अर्थ छैन । आफन्त र साथीहरू अझै विचलित छन् । उनीहरूलाई यस्तो भइरहेको विश्वास नै लाग्दैन !”

बाइडेनले सङ्घीय मृत्युदण्डमा रोक लगाउनुभएको थियो तर जनवरी २० मा ह्वाइट हाउस छाड्नुअघि थप कार्य गर्न दबाबमा हुनुहुन्थ्यो किनभने रिपब्लिकन ट्रम्पले अभ्यास पुनः सुरु गर्ने सङ्केत दिएका थिए।

सन् २०१३ को बोस्टन म्याराथन बम विस्फोटका एक आरोपी, सन् २०१८ मा ११ जना यहुदी उपासकहरूको हत्या गर्ने एक बन्दुकधारी र सन् २०१५ मा नौ जना अश्वेत चर्चका भक्तजनहरूको गोली हानी हत्या गर्ने एक श्वेत सर्वोच्चतावादी गरी तीन जनालाई यो निर्णयबाट बाहिर राखिएको थियो ।

“कुनै भ्रम नराख्नुहोस्ः म यी हत्याराहरूको निन्दा गर्दछु, उनीहरूको घृणित कार्यको पीडितहरूका लागि शोक गर्दछु, र अकल्पनीय र अपूरणीय क्षति भोगेका सबै परिवारहरूका लागि पीडा महसुस गर्दछु”, बाइडेनले भने, “तर मेरो विवेक र अनुभवले मार्गदर्शन गरेअनुसार… म पहिलेभन्दा बढी विश्वस्त छु कि हामीले सङ्घीय स्तरमा मृत्युदण्डको प्रयोग रोक्नुपर्छ । सद्विवेकले म पछाडि खडा हुन सक्दिनँ र नयाँ प्रशासनलाई मैले रोकेको मृत्युदण्ड पुनः सुरु गर्न दिन्नँ ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहारबाट कुनै क्षति नभएको पुष्टि

दोहा । इरानबाट सोमबार कतारको राजधानी दोहा नजिकै रहेको एक महत्त्वपूर्ण सैन्य अड्डातर्फ

सिरियाली चर्चमा भएको आक्रमणमा संलग्नहरूलाई कानुनी दायरामा ल्याइने

दमास्कस । सिरियाका कार्यवाहक राष्ट्रपति अहमद अल–शराआले राजधानी दमास्कसमा रहेको एक चर्चमा भएको

इजरायलसँग युद्धविरामबारे सहमति नभएको इरानको भनाई

बीबीसी । इजरायलसँग युद्धविरामबारे सहमति भएको अस्वीकार गर्दै इरानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको

कतारमा इरानी आक्रमणपछि नेपाली दूतावासले भन्यो-सतर्क र यथास्थानमै रहनु

काठमाडौं । इरानले कतारस्थित अमेरिकी सैन्य अखडामा आक्रमण गरेपछि कतारस्थित नेपाली दूतावासले सतर्क