पाकिस्तानमा सैनिक कारबाहीमा सात आतङ्ककारीको मृत्यु



 

पाकिस्तान । पाकिस्तानी सेनाले देशभरि गरेको छुट्टाछुट्टै कारबाहीमा सात  आतङ्ककारीको मृत्यु र तीन जना घाइते भएका छन् ।

पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन (आइएसपिआर) ले उक्त घटना उत्तरी बजिरिस्तान आदिवासी जिल्लामा भएको बताएको छ । यहाँ सेनाद्वारा गरिएको अपरेशनमा एक आतङ्कवादी मारिएका थिए  ।

दोस्रो घटना छिमेकी दक्षिण बजिरिस्तान जिल्लामा भएको थियो । यहाँ सेनाले पाकिस्तान–अफगानिस्तान सीमाबाट घुसपैठ गर्न खोजिरहेका आतङ्कवादीहरूलाई रोकेको थियो ।

यस घटनापछि गोलीबारी सुरु हुँदा पाँच आतङ्ककारी मारिएका र अन्य तीन घाइते भएका थिए ।

यसैबीच पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा सोमबार सुरक्षा बलसँगको भिडन्तमा एक आतङ्कवादी मारिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानी जेलबाट ५० अफगानी कैदी रिहा

काबुल । पाकिस्तानमा जेलमा रहेका ५० जना अफगानी कैदीलाई मुक्त गरी आफ्नो मातृभूमि

ट्युनिसियामा डुंगा पल्टिँदा २७ आप्रवासीको मृत्यु, ८३ को उद्धार

ट्युनिस । मध्य ट्युनिसियामा दुई डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित २७ आप्रवासीको मृत्यु

राजद्रोहको आरोपमा पक्राउ परेका हिन्दू भिक्षुलाई जमानत दिन बङ्गलादेशको अदालतद्वारा अस्वीकार

बङ्गलादेश । मुख्यतया मुस्लिम राष्ट्रमा धार्मिक द्वन्द्वपछि अल्पसङ्ख्यकको सुरक्षाका लागि वकालत गर्ने स्पष्टवादी

सन् २०२४ मा एक सय बढी देशमा चुनाव, ८० प्रतिशत देशमा सत्तारूढ दल र राष्ट्रपति पराजित

काठमाडौं । जनताको मताधिकारका आधारमा शासन सञ्चालनका लागि निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा