भारतमा कृष्णअष्टमीको प्रसाद खाँदा १३० जना विरामी


गहुँको पिठोले बनेको पकौडा खाँदा महिला र बालबालिकासहित करिब १३० जना बिरामी परेका छन् । मथुरा जिल्लाको फराह सहरमा हिन्दू धर्मावलम्बीहरूको पर्व जन्माष्टमीको अवसरमा सोमबार राति मानिसहरूले पकौडा खाएका थिए ।

अधिकारीहरूका अनुसार पीडितहरूमा पकौडा खाएपछि चक्कर लाग्ने र काँप्ने जस्ता लक्षणहरु देखा परेको थियो । ‘हाल सबै बिरामीको अवस्था स्थिर छ’, मथुरा जिल्ला मजिस्ट्रेट शैलेन्द्र कुमार सिंहले भने ।

गहुँको पिठो कुन स्रोतबाट किनेको हो भन्ने पत्ता लगाउन टोली गठन गरिएको छ । टोलीलाई छापा मार्ने र आपूर्तिकर्ताहरूको पसल सिल गर्न निर्देशन दिइएको छ ।