‘युथ एआई इनोभेसन’ को फाइनल झेजियाङमा


चीनको सातौँ राष्ट्रिय ‘युथ एआई इनोभेसन’ प्रतियोगिताको फाइनल चीनको पूर्वी प्रान्त झेजियाङमा सुरु भएको छ ।

चीनको कम्युनिस्ट युथ लिगको केन्द्रीय समितिका अनुसार दुई दिनसम्म चल्ने उक्त प्रतियोगितामा ३१ प्रान्तका साथै हङकङ र मकाउका करिब सात हजार सहभागीले प्रतिस्पर्धा गर्नेछन् ।

यस वर्षको प्रतिस्पर्धामा एक लाख २० हजारभन्दा बढी सहभागी आकर्षित भएका छन् र यसमा १७ विशेष प्रतियोगिताहरू समावेश छन् ।

प्रतिस्पर्धीहरूले रोबोट, एप्लिकेसन, प्रोग्राम, अल्गोरिदम डिजाइन, स्मार्ट चिप्स र बिस्तृत कृतिम बौद्धिकता प्रविधि आविस्कारजस्ता क्षेत्रमा आफ्ना नवीन विचार र कुशलहरू प्रदर्शनहरू गर्नेछन् ।

सन् २०१६ मा स्थापना भएदेखि वार्षिकरूपमा हुने प्रतिस्पर्धामा दुई लाख ८० हजारभन्दा बढी युवाहरूलाई संलग्न भइसकेका छन् ।

प्रतिस्पर्धाको उद्देश्य युवाहरूमा नवीनताको विकास गर्नु र रचनात्मक सोचलाई अगाडि बढाउनु हो ।