अमेरिकी झण्डा जलाउनु घृणित र अपमानजन्य कार्यः उपराष्ट्रपति ह्यारिस



 

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले अमेरिकी काङ्ग्रेसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सम्बोधनको विरोधमा प्रदर्शनकारीले अमेरिकी झण्डा जलाएको कार्यलाई घृणित र अपमानित कार्य भएको बताएकी छन् ।

डेमोक्र्याटिक राष्ट्रपति उम्मेद्वारले कडा रूपमा भने, ‘म अमेरिकी झण्डा जलाएको निन्दा गर्दछु । झण्डा एक राष्ट्रको रूपमा हाम्रो सर्वोच्च आदर्शहरूको प्रतीक हो र यसलेअमेरिकाको प्रतिज्ञालाई प्रतिनिधित्व गर्दछ । यसलाई जलाएर कहिल्यै अपवित्र गर्नु हुँदैन ।’

प्रधानमन्त्री नेतान्याहूले गाजा द्वन्द्वको विषयमा अमेरिकी काङ्ग्रेसमा दिएको असम्बद्ध भाषणबाट आक्रोशित हजारौँ प्रदर्शनकारीहरूले अमेरिकी राजधानीमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूको एउटा समूहले राजधानी नजिकैको रेल स्टेसन बाहिर भेला भएर प्रधानमन्त्री नेतान्याहुको पुतला र अमेरिकी झण्डा जलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने

फ्रान्कफुर्ट । जर्मनीको अर्थतन्त्र सन् २०२५ मा ०.२ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको

बर्ड फ्लुका कारण बाघिनीको मृत्युपछि उत्तर प्रदेशका सबै चिडियाखाना, सफारी पार्क अस्थायी रूपमा बन्द

इटावा, उत्तर प्रदेश । गोरखपुरको ‘शहीद अशफाक उल्लाह खान चिडियाखाना’ मा एभियन इन्फ्लुएन्जा

कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार

वासिङ्टन । कतारले अमेरिकालाई आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति

दक्षिण कोरियामा रोजगारी वृद्धि

सियोल । दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि भएको छ ।