गाजामा हमासको नियन्त्रणमा रहेका दुई बन्धकको मृत्यु



गाजामा हमासले बन्दी बनाएका दुई बन्धकको मृत्यु भएको इजराइली अभियान समूह होस्टेजेज एन्ड मिसिङ फ्यामिलिज फोरमले  बताएको छ ।

फोरमका अनुसार अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा अपहृत ३५ वर्षीय यागेभ बुचश्ताब र ७६ वर्षीय एलेक्स डान्सिङको मृत्यु बन्धकहरूलाई घर फर्काउने ‘अत्यावश्यकताको कडा सम्झना’ हो । फोरमले उनीहरूको मृत्यु कहिले भएको भन्नेबारे कुनै जानकारी दिएको छैन ।

“उहाँहरूको शव हमास लडाकू समूहले राखेको छ”, इजराइली सेनाले छुट्टै विज्ञप्तिमा भनेको छ, “हमासको कैदमा उहाँहरूको मृत्युको अवस्थाको अनुसन्धान सबै पेशेवर अधिकारीहरूले गरिरहेका छन् ।”

फोरमका अनुसार बुचश्ताबलाई उहाँकी श्रीमती रिमोन बुचश्ताब किर्ष्टसँगै किबुत्ज निरिमस्थित उनीहरूको घरबाट अपहरण गरिएको थियो । श्रीमतीलाई ५० दिनपछि रिहा गरिएको थियो ।

यहुदी नरसंहारबाट बचेकाहरूको घरमा जन्मिएका डान्सिङले याद वाशेम नामक इन्टरनेसनल होलोकास्ट रिमम्बरेन्स इन्स्टिच्युटमा काम गर्नुभएको थियो र त्यहाँ हजारौँ गाइडलाई तालिम दिएका थिए ।

फोरमका अनुसार आफूसँगै बन्दी बनाइएका बन्धकहरूले डान्सिङले कैदमा साथी बन्धकहरूलाई इतिहासको ब्याख्यान दिँदै समय व्यतीत गरेको बताएका छन् ।

“यागेभ र एलेक्सलाई जिउँदै लगिएको थियो र उहाँहरू जिउँदै आफ्नो परिवार र देशमा फर्किनुपर्थ्यो”, यसमा महिनौँसम्म जारी युद्धविराम वार्तालाई उल्लेख गर्दै फोरमले भनेको छ, “कैदमा उहाँहरूको मृत्यु वार्तामा ढिलाइको परिणामको दुःखद प्रतिबिम्ब हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतद्वारा बोइङ जेटहरूमा इन्धन स्विचहरू जाँच गर्न एयरलाइन्सहरूलाई आदेश

  नयाँदिल्ली । गत महिना एयर इन्डिया जेट दुर्घटनामा दुई सय ६० जनाको

बेइजिङमा रूसी विदेशमन्त्री लाभरोभ र चीनका राष्ट्रपति सीबीच भेटवार्ता

मस्को । रूसी विदेशमन्त्री सर्गेई लाभरोभले मङ्गलबार बेइजिङमा चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता

युक्रेनलाई युद्ध जित्नसक्ने हैसियतमा ल्याउने ट्रम्पको भनाई

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई नाटोमार्फत अत्याधुनिक हतियार उपलब्ध गराउने घोषणा

अमेरिकी भन्सार नीतिले युरोप–अमेरिका व्यापार वार्तामा बाधा

ब्रसेल्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घबाट आयात हुने सामानहरूमा ३० प्रतिशत