सन् २०२४ एड्सबाट जनस्वास्थ्यमा जोखिम अन्त्य गर्ने लक्ष्य हासिल गर्न निर्णायक वर्ष



सन् २०३० सम्ममा एड्सलाई जनस्वास्थ्यका लागि खतराका रुपमा अन्त्य गर्ने लक्ष्य हासिल गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा राजनीतिक नेताहरूले यस वर्ष गर्ने निर्णय निर्णायक हुने संयुक्त राष्ट्रसङ्घले सोमबार जनाएको छ ।

सन् २०२३ को तथ्याङ्कले नयाँ सङ्क्रमणको सङ्ख्यामा विश्वव्यापी सुधार, एचआईभी सङ्क्रमित बिरामीको उपचार र मृत्युहुनेको सङ्ख्यामा कमी आएको देखाउँछ । यद्यपि, यूएनएड्सले यस्तो प्रगति कमजोर रहेको चेतावनी दिएको छ ।

राष्ट्रसङ्घको नयाँ प्रतिवेदनअनुसार करिब चार करोड मानिस एचआईभी भाइरसबाट पीडित छन् ।

सन् २०२२ को तुलनामा गत वर्ष करिब १३ लाख नयाँ सङ्क्रमित थपिएका थिए तर सन् १९९५ मा ३३ लाख व्यक्ति नयाँ सङ्क्रमित फेला परेको थियो । यो नै एड्सबाट नयाँ सङ्क्रमण भएका व्यक्तिको सबैभन्दा बढी सङ्ख्या थियो । पछि यो सङ्ख्यामा क्रमशः उल्लेखनीय गिरावट आएको हो ।

तर दीर्घकालीन प्रवृत्ति हेर्दा नियन्त्रणका लागि लिएको लक्ष्यमा पुग्न अझै धेरै टाढा रहेको देखिन्छ । यूएनएड्सले अर्को वर्षका निर्धारित तीन लाख ३० हजार नयाँ सङ्क्रमणमा सिमित गर्ने लक्ष्यभन्दा धेरै टाढा छ ।

सन् २०२२ मा एड्सका कारण मृत्यु हुनेको सङ्ख्या छ लाख ७० हजार रहेकोमा गत वर्ष छ लाख ३० हजारमा झरेको प्रतिवेदनमा उल्लेख छ ।

नियन्त्रणका लागि एन्टिरेट्रोभाइरल औषधिको पहुँच एक प्रमुख मुद्दा हो । संसारभरिका करिब तीन करोड ४० लाख बिरामीहरूका लागि एन्टिरेट्रोभाइरल औषधिको पहुँच बिस्तार गर्नु सन् २०२५ का लागि लक्ष्य रहेकोमा अझै पनि यो लक्ष्यमा पुग्न सकिएको छैन । तीन करोड ७० हजार व्यक्तिले एन्टिरेट्रोभाइरल औषधिको पहुँच पाएको देखिन्छ जुन लक्ष्यभन्दा निकै टाढा हो ।

यद्यपि, सन् २०१० मा यो पहुँच मात्र ७७ लाखमा सीमित थियो । पूर्वी र दक्षिणी अफ्रिका यसबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरू रहेका छन्, जहाँ प्रति हजार २०.८ जना एचआईभी सङ्क्रमित छन् । गत वर्ष यो क्षेत्रमा थप चार लाख ५० हजार व्यक्ति सङ्क्रमित भएका थिए र दुई लाख ६० हजारको मृत्यु भएको थियो ।

यूएनएड्सका प्रमुख विनी ब्यानिमाले सन् २०३० को लक्ष्य हासिल गर्ने दिशामा विश्व सही बाटोमा नरहेको बताए ।

“एचआईभी महामारीलाई बढावा दिने असमानताहरूलाई पर्याप्त रूपमा सम्बोधन गरिएको छैन,” ब्यानिमाले रिपोर्टमा भनेका छन् ।

लाञ्छना, भेदभाव र कहिलेकाहीं अपराधीकरणले निश्चित समूहलाई असर गर्छ र यसको परिणामस्वरूप सङ्क्रमण दर धेरै उच्च हुन्छ किनभने मानिसहरू खतरा बिना मद्दत र उपचार लिन चाहँदैनन् वा असमर्थ हुन्छन् ।

पूर्वी र दक्षिणी अफ्रिकामा १५ देखि ४९ वर्ष उमेर समूहका मानिसमा एड्सको प्रकोप ०.८ प्रतिशत छ भने कैदीहरूमा १.३ प्रतिशत र १५ देखि २४ वर्ष उमेर समूहका महिला तथा किशोरीहरूमा २.३ प्रतिशत छ ।

यौनकर्मी, लागूपदार्थको सुई लगाउने व्यक्ति, समलिङ्गी र पुरुषसँग यौन सम्बन्ध राख्ने पुरुष र तेस्रोलिङ्गीमा सङ्क्रमण दर अझ बढेको छ ।

तथ्याङ्कअनुसार, विश्वभर यौनकर्मी तीन प्रतिशत, लागूपदार्थको सुई लगाउने व्यक्ति पाँच प्रतिशत, समलिङ्गी र पुरुषसँग यौन सम्बन्ध राख्ने पुरुष ७.७ प्रतिशत र तेस्रोलिङ्गी ९.२ प्रतिशत सङ्क्रमित रहेको देखिन्छ ।

“उप–सहारा अफ्रिकाका केही देशहरूमा सन् २०१० यता नयाँ सङ्क्रमणमा आधाभन्दा बढीले कमी आएको छ”, ब्यानिमाले भने, “हामीसँग पूर्वी युरोप, मध्य एशिया र ल्याटिन अमेरिका जस्ता क्षेत्रहरू पनि छन् जहाँ हामी नयाँ संक्रमणहरू गलत दिशामा गइरहेको र बढ्दै गएको देख्छौं।”

पूर्वी युरोप र मध्य एसियामा एचआईभी सङ्क्रमितमध्ये आधाको मात्र उपचार हुन्छ भने मध्यपूर्व र उत्तर अफ्रिकामा यो सङ्ख्या ४९ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

मस्को । सन् २०२५ को पहिलो त्रैमासिकमा रुसको सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो

युक्रेनमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु

किएभ । उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रूसी ड्रोन

सर्वोच्चको आदेश राष्ट्रका लागि चिन्ताजनक र खतरापूर्णः ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति आफ्नो गम्भीर

इन्धनमा बायोइथानोलको प्रयोग बढाउँदै इन्डोनेसिया, सरकारको रणनीतिक योजना सार्वजनिक

जकार्ता । इन्डोनेसियाको ऊर्जा तथा खनिज स्रोत मन्त्रालयले सन् २०२६ देखि इन्धनमा पाँच