रुसद्वारा जेलेन्स्कीलाई आपराधिक ‘वान्टेड’ सूचीमा समावेश



 

रुसले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई वाञ्छित अपराधीहरूको आफ्नो सूचीमा समावेश गरेको शनिबार एक सरकारी डेटाबेसले देखाएको छ ।

अधिकारीहरूले खोजेको कथित अपराधीहरूको एक अनलाइन डेटाबेसमा जेलेन्स्कीलाई रुसी गृह मन्त्रालयको ‘वाञ्छित’ सूचीमा देखाइएको छ । यसमा थप विवरण नखुलाई युक्रेनी नेता ‘आपराधिक संहिताको धाराअन्तर्गत’ वाञ्छित हुने भनिएको छ ।

जेलेन्स्कीलाई सूचीमा किन समावेश गरियो भन्नेबारेमा रुसी अधिकारीहरूबाट तत्काल कुनै टिप्पणी आएको छैन । सन् २०२२ फेब्रुअरीमा आफ्नो सैन्य आक्रमणको सुरुवातपछि मस्कोले जेलेन्स्कीलाई निशाना बनाएको छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गत वर्ष आफूविरुद्ध हत्याका कम्तीमा ‘पाँच वा छ’ प्रयास असफल भएको थाहा भएको बताए ।

युक्रेनमा सेना पठाउनुभन्दा अघिल्लो दिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रका नाममा गरेको सम्बोधनमा युक्रेनी सेनासँग जेलेन्स्कीलाई पराजित गर्न आह्वान गरेका थिए । रुसले धेरै विदेशी राजनेता र सार्वजनिक हस्तीहरूलाई आफ्नो वाञ्छित सूचीमा राखेको छ ।

फेब्रुअरीमा मस्कोले सोभियतकालीन स्मारकहरू नष्ट गर्ने बाल्टिक मुलुक इस्टोनियाको कदमका लागि क्रेमलिनले ‘ऐतिहासिक स्मृतिको अपमान’ भनेको कुराका लागि इस्टोनियाली प्रधानमन्त्री काजा कैलासको खोजी गरिरहेको बताएको थियो ।

गत वर्ष अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले युक्रेनी बालबालिकाको अपहरणसँग सम्बन्धित युद्ध अपराधको आरोपमा पुटिनलाई पक्राउ गर्न आदेश दिएको थियो । उक्त आरोपलाई मस्कोले अस्वीकार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको

गाजाबाट १७  जना अमेरिकी चिकित्सकको उद्धार

इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७

भारतभन्दा जीवन्त लोकतन्त्र अन्यत्र छैनः अमेरिका

  आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले

अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार