इरानमाथि नयाँ प्रतिबन्ध लगाउने अमेरिका र ईयूको तयारी



बीबीसी । इजरायलमाथि आक्रमण गरेको इरानमाथि थप प्रतिबन्ध लगाउने तयारी भइरहेको अमेरिका र युरोपेली सङ्घले बताएका छन् ।

अमेरिकाका अर्थमन्त्री जनेट येलनले आगामी दिनहरूमा कदम चालिने बताएकी छन् । युरोपेली सङ्घ ईयूका विदेश नीति प्रमुख जोसेफ बुरेलले त्यसका लागि काम भइरहेको बताएका छन् ।

इजरायलले आफ्ना सहयोगीहरूलाई तेहरानको क्षेप्यास्त्र कार्यक्रममाथि प्रतिबन्ध लगाउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घले उक्त कार्यक्रममा लगाएको प्रतिबन्धको म्याद गत अक्टोबरमा सकिएको थियो । यस्ता प्रतिबन्धहरूले इरानको आणविक कार्यक्रमलाई सीमित गर्ने फराकिलो दायरा राख्छन् ।

अमेरिका, ईयू र बेलायतसहितका देशहरूले इरानमाथि प्रतिबन्ध कायम राख्दै थप प्रतिबन्ध लगाएका छन् । इजरायली सेनाका प्रमुख हेर्टसी हालाभीले इरानको आक्रमणको जवाफ दिइने बताएका छन् । इरानले गत शनिवार पहिलो पटक इजरायलमाथि सीधा क्षेप्यास्त्र तथा ड्रोन हमला गरेको थियो।

इरान, इराक, सिरिया र यमनबाट प्रहार भएका करिब ३०० वटा क्षेप्यास्त्र र ड्रोनमध्ये अधिकांश इजरायल र उसका सहयोगीहरूले बीचमै नष्ट गरिदिएका थिए ।

तेहरानले उक्त हमला गत अप्रिल १ मा सिरियामा रहेको आफ्नो वाणिज्य दूतावासमा १३ जनाको ज्यान जाने गरी इजरायलद्वारा भएको ठानिएको हवाई आक्रमणको बदला भएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एयरलाइन्स कम्पनीले १०१ वर्षे बृद्धालाई बच्चा बनाएपछि…

बीबीसी । विमान सेवा कम्पनीको बुकिङ प्रणालीमा रहेको समस्याका कारण १०१ वर्षीया महिलालाई

इजरायली बन्धक मुक्त गरे हमासलाई ४० दिनको युद्धविराम प्रस्ताव

प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त गरेमा ४० दिनका लागि युद्धविराम

बर्डफ्लुका कारण आर्कटिक टापुमा वालरसको मृत्यु

नर्वेको आर्कटिक टापुमा बर्ड फ्लुका कारण वालरसको मृत्यु भएको पहिलो घटना फेला परेको

इजरायल र हमासबीच छिट्टै युद्धविराम हुनेमा इजिप्ट आशावादी

इजिप्टका विदेशमन्त्रीले गाजामा युद्धविरामका लागि नयाँ प्रस्ताव आउनेमा आफू ’आशावादी’ रहेको बताएका छन्