युक्रेनमा युद्ध सुरू भएपछि ३७ हजारभन्दा बढी व्यक्ति वेपत्ता



युक्रेनले सन् २०२२ को फेब्रुअरीमा रूसको आक्रमण सुरु भएयता सैनिकसहित करिब ३७ हजार व्यक्ति ‘वेपत्ता’ रहेका जनाएको छ ।

रूसी सेना अझै पनि युक्रेनको पाँच भागको एक भागमा उपस्थित रहेकोले हराइरहेकाहरूको सही सङ्ख्या गणना गर्न कठिन छ । कुनै पनि पक्षले नियमित रूपमा सैन्य हताहतको तथ्याङ्क औपचारिक रूपमा सार्वजनिक गर्दैन ।

“बालबालिका, सर्वसाधारण र सेनागरी करिब ३७ हजार मानिस बेपत्ता भएका छन् । यो सङ्ख्या अझै धेरै हुन सक्छ,” युक्रेनका मानव अधिकार आयुक्त दिमित्रो लुबिनेट्सले भने ।

युक्रेन र रेडक्रसले सन् २०१४ मा मस्को समर्थित पृथकतावादीसँग युद्ध सुरु भएयता रूसले गैरकानुनी रूपमा हिरासतमा लिएका करिब एक हजार ७०० व्यक्तिको पहिचान गरेको उनले बताए ।

मानव अधिकारवादी समूहहरूले रूसले कब्जा गरेको क्षेत्रमा बालबालिकालाई जबर्जस्ती बेपत्ता पारेको र अपहरण गरेको आरोप लगाएका छन् ।

युक्रेनी भूभागको ठूलो हिस्सा युद्धको सुरुवातदेखि नै रूसी कब्जामा रहेको छ । युद्धले धेरै शहर तथा वरपरका इलाकामा तहसनहस पारेको छ र हजारौंको ज्यान लिइसकेको छ ।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले मार्चमा सार्वजनिक गरेको प्रतिवेदनमा रूसको आक्रमणपछि कम्तीमा १० हजार ८१० जनाको मृत्यु भएको उल्लेख छ ।

स्वतन्त्र पर्यवेक्षकहरूलाई कब्जा गरिएको क्षेत्रहरूमा प्रवेश गर्नबाट रोक लगाइएकाले हताहतको वास्तविक सङ्ख्या ‘धेरै’ हुनसक्ने र यसलाई पुष्टि गर्न गाह्रो छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत फेब्रुअरीमा युद्धको पहिलो दुई वर्षमा ३१ हजार युक्रेनी सैनिक मारिएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एयरलाइन्स कम्पनीले १०१ वर्षे बृद्धालाई बच्चा बनाएपछि…

बीबीसी । विमान सेवा कम्पनीको बुकिङ प्रणालीमा रहेको समस्याका कारण १०१ वर्षीया महिलालाई

इजरायली बन्धक मुक्त गरे हमासलाई ४० दिनको युद्धविराम प्रस्ताव

प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त गरेमा ४० दिनका लागि युद्धविराम

बर्डफ्लुका कारण आर्कटिक टापुमा वालरसको मृत्यु

नर्वेको आर्कटिक टापुमा बर्ड फ्लुका कारण वालरसको मृत्यु भएको पहिलो घटना फेला परेको

इजरायल र हमासबीच छिट्टै युद्धविराम हुनेमा इजिप्ट आशावादी

इजिप्टका विदेशमन्त्रीले गाजामा युद्धविरामका लागि नयाँ प्रस्ताव आउनेमा आफू ’आशावादी’ रहेको बताएका छन्