जर्मन चान्सलर सोल्सले चिनियाँ राष्ट्रपति सीसँग युक्रेन शान्तिबारे छलफल गर्ने



 

जर्मन चान्सलर ओलाफ सोल्सले मङ्गलबार चीनका राष्ट्रपति सी जिनपिङसँग युक्रेनमा ‘न्यायपूर्ण शान्ति’ बारे छलफल गर्ने बताएका छन् ।

“राष्ट्रपति सीसँगको मेरो भेट हामी कसरी युक्रेनमा न्यायपूर्ण शान्तिका लागि थप योगदान दिन सक्छौँ भन्ने कुरामा केन्द्रित हुनेछ”, सोल्सले सामाजिक सञ्जाल एक्समा भने, “मेरो पछिल्लो चीन भ्रमणदेखि नै हाम्रा सरकारबीच गहन आदानप्रदान भएको छ ।”

यसअघि सोल्सले बर्लिनको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनको तीन दिने भ्रमणको अन्तिम दिन चिनियाँ राष्ट्रपति सीलाई भेटेको र दुवैले राजधानीमा डियाउटाई स्टेट गेस्टहाउसमा अनौपचारिक छलफल गर्ने चिनियाँ सञ्चारमाध्यमहरूले बताएका थिए ।

सोल्सको लक्ष्य व्यापार सम्बन्धलाई बलियो बनाउनु रहेकाले भ्रमणले उनलाई दक्षिणपश्चिमी मेगासिटी चोङकिङ, आर्थिक महाशक्ति साङ्घाई र राजधानी बेइजिङ लगेको छ । चान्सलर सोल्सको आइतबारदेखि मङ्गलबारसम्मको चीन भ्रमणमा मन्त्री र व्यावसायिक अधिकारीहरूको एउटा ठूलो प्रतिनिधिमण्डल पनि गएको छ । पदभार ग्रहणपछि यो उहाँको दोस्रो चीन भ्रमण हो ।

मङ्गलबार उनले चिनियाँ प्रधानमन्त्री ली छ्याङसँग भेट गर्ने र जर्मन–चिनियाँ आर्थिक समितिसँग बसेर पत्रकार सम्मेलन गर्ने अपेक्षा गरिएको छ । जर्मनीका धेरै पश्चिमी सहयोगीहरू व्यापारिक मुद्दाहरूमा चीनको सामना गरिरहेका बेला सोल्सको चीन भ्रमण भएको छ ।

ब्रसेल्समा चिनियाँ सौर्य प्यानल, विद्युतीय कार र वायु टरबाइनका लागि राज्य सहयोगको अनुसन्धान भइरहेको छ । यसैबीच अमेरिकाले कारहरूमा चिनियाँ प्रविधिबाट उत्पन्न राष्ट्रिय सुरक्षा जोखिमहरूको अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनद्वारा ६ वटा नयाँ उपग्रह प्रक्षेपण

उत्तरी चीनको साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट शुक्रबार ६ वटा नयाँ उपग्रह

अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ?

पेरिस । अल्जाइमर रोगको कमजोर प्रगतिलाई कम गर्न सक्षम दुई नयाँ औषधिहरू हालैका

म्यान्मामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २९३, ८९ जना बेपत्ता

याङ्गुन । म्यान्मामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २९३ पुग्नुका साथै ८९ जना

युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध

युक्रेन। युक्रेनले शुक्रबार रुसी मूलका पावेल दुरोभले स्थापना गरेको सामाजिक सञ्जाल राष्ट्रिय सुरक्षाका