म्यान्मामा रकेट आक्रमणमा चारजनाको मृत्यु, १२ घाइते



 

मध्य म्यान्मारको माण्डाले क्षेत्रको पिन ऊ ल्विनमा  भएको रकेट आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएका म्यान्माको राज्य प्रशासन परिषद्को सूचना टोलीले सोमबार जनाएको छ ।

माण्डाले क्षेत्रको पिन ऊ ल्विन सहरमा आइतबार राति आक्रमणकारीहरूले सहरलाई निशाना बनाई ११ वटा रकेट प्रहार गरेका थिए । पिन ऊ ल्विन जनरल अस्पतालको अर्थोपेडिक वार्ड, होटलसहित धेरै ठाउँमा हमला भएको सूचना टोलीले जनाएको छ ।

गुम्बामा भएको आक्रमणका कारण दुई बौद्ध भिक्षुसहित तीन जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए । यसैगरीे आक्रमणमा पिन ऊ ल्विनको वार्डका एक स्थानीय बासिन्दाको पनि मृत्यु भएको छ ।

पिन ऊ ल्विन जनरल अस्पतालमा भएको आक्रमणका घाइते बालबालिका, बिरामी र कर्मचारीसहित ११ जनाको उपचार भइरहेको बताइएको छ ।

परम्परागत थिङ्गयान वाटर फेस्टिभलका क्रममा गैर–सैन्य लक्ष्यहरूमा भएका आक्रमणहरू सार्वजनिक शान्ति र स्थिरतामा खलल पुरÞ्याउने उद्देश्यले आतङ्कारीहरूले गरेको कार्यहरू भएको बताइएको छ ।

सुरक्षा बलले अपराधीहरूलाई पत्ता लगाउन र पक्राउ गर्न सुरक्षा व्यवस्था कडा गरिरहेको सूचना टोलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको

गाजाबाट १७  जना अमेरिकी चिकित्सकको उद्धार

इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७

भारतभन्दा जीवन्त लोकतन्त्र अन्यत्र छैनः अमेरिका

  आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले

अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार