मङ्गोलियाको जीडीपी ४.१ प्रतिशत बढ्ने एडीबीको अनुमान



मङ्गोलियाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०२४ मा ४.१ प्रतिशतले बढ्ने अनुमान गरेको छ । एसियाली विकास बैंक (एडीबी)का अनुसार मङ्गोलियाको जीडीपी यो सन् २०२३ मा सात प्रतिशतले वृद्धि भएको थियो ।

सन् २०२४ मा खानी र उच्च सरकारी लगानीका कारण आर्थिक वृद्धिमा केही टेवा पुग्नेछ । तर मङ्गोलियामा यस वर्ष चिसोका कारण कृषि क्षेत्रमा सङ्कुचन आउने अनुमान एडीबीले गरेको छ ।

प्रतिवेदनमा, बैंकले सन् २०२५ मा मङ्गोलियाको जीडीपी वृद्धि छ प्रतिशतमा पुग्ने अनुमान गरेको छ । जुन कृषि क्षेत्रको सुधार, खानी विस्तार र सेवाहरूको वृद्धिबाट सम्भव हुनेछ ।

सन् २०२३ मा मङ्गोलियाली अर्थतन्त्र बलियो देखिएको बताउँदै यही प्रवृत्ति जारी रहने मङ्गोलियाका लागि एडीबीका निर्देशक श्यानन काउलिनले बताए ।

“यस वर्ष, मौसम–सृजित प्रकोपबाट आर्थिक वृद्धि प्रभावित भई कृषि क्षेत्रमा उल्लेखनीय असर पारेको छ । अप्रिलको सुरुसम्ममा ६० लाखभन्दा बढी गाईवस्तु मरेका छन् भने यो सङ्ख्या बढ्ने क्रममा रहेको छ,” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायल र हमासबीच छिट्टै युद्धविराम हुनेमा इजिप्ट आशावादी

इजिप्टका विदेशमन्त्रीले गाजामा युद्धविरामका लागि नयाँ प्रस्ताव आउनेमा आफू ’आशावादी’ रहेको बताएका छन्

गर्मीका कारण बङ्गलादेशमा विद्यालय पुनः बन्द

बङ्गलादेशको एक अदालतले गर्मीका कारण देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । यसअघि

नैरोबीको उत्तरमा रहेको एउटा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

शाही अपमानका कारण थाई कार्यकर्तालाई थप दुई वर्षको कारागार सजाय

  थाइल्यान्डको एक अदालतले सोमबार मुलुकका प्रमुख प्रजातन्त्र कार्यकर्तामध्येका एकलाई शाही अपमानको आरोपमा