इजरायली आक्रमणमा आफ्ना तीन छोरा मारिएका हमासका प्रमुख नेताको भनाइ



बीबीसी । हमासका प्रमुख नेता इस्माइल हानियाले गाजामा इजरायलले गरेको हवाई आक्रमणमा आफ्ना तीन जना छोरा र चार जना नातिनातिना मारिएका बताएका छन् ।

हमास सम्बन्धित सञ्चार माध्यमले उनका छोराहरू यात्रारत कारमाथि गाजास्थित अल शाति क्याम्प नजिक प्रहार भएको जनाएको छ ।

हानियाले यो घटनाका कारण इजरायलसँगको वार्तामा हमासको अडान परिवर्तन नहुने बताएका छन्। हमास र इजरेलबीच युद्धविराम गर्न वार्ताका लागि पहल भइरहेका छन् । इजरायलको सेनाले उनका छोराहरू पनि हमासको सैन्य एकाइका सदस्य रहेको बताएको छ ।

उनीहरूको समूह मुस्लिम पर्व इदको बिदा मनाउन जाने क्रममा हमलामा परेको बताइएको छ । हानियाले अलजजिरासँग आफ्ना छोराहरू हाजिम, अमिर र मोहम्मद युद्धभरि गाजामै बसेको बताएका छन् ।

हमासले जारी गरेको वक्तव्यमा हानियाका चार जना नातिनातिनाहरू मोना, अमल, खालिद र रजान पनि उक्त आक्रमणमा मारिएका जनाएको थियो । हानियाले कतारको दोहामा घाइते प्यालेस्टिनीहरूलाई भेट्न जाने क्रममा आफूले छोराहरू मारिएको खबर थाहा पाएको बताएका छन्। हमासका कतिपय नेताहरू कतारको राजधानीमा बस्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायली बन्धक मुक्त गरे हमासलाई ४० दिनको युद्धविराम प्रस्ताव

प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त गरेमा ४० दिनका लागि युद्धविराम

बर्डफ्लुका कारण आर्कटिक टापुमा वालरसको मृत्यु

नर्वेको आर्कटिक टापुमा बर्ड फ्लुका कारण वालरसको मृत्यु भएको पहिलो घटना फेला परेको

इजरायल र हमासबीच छिट्टै युद्धविराम हुनेमा इजिप्ट आशावादी

इजिप्टका विदेशमन्त्रीले गाजामा युद्धविरामका लागि नयाँ प्रस्ताव आउनेमा आफू ’आशावादी’ रहेको बताएका छन्

गर्मीका कारण बङ्गलादेशमा विद्यालय पुनः बन्द

बङ्गलादेशको एक अदालतले गर्मीका कारण देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । यसअघि