अमेरिकाले पठायो युक्रेनमा हतियार



अमेरिकाले युक्रेनलाई सहयोग गर्न हतियारको ठूलो खेप पठाएको छ । यसले युक्रेनलाई रुसविरुद्धको लडाइमा मद्दत गर्ने सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यी हतियारहरू अमेरिकी सेनाले चारवटा जहाजबाट बरामद गरेको थियो । सेनाका अनुसार यी हतियारहरू इरानले यमनका हुथी विद्रोहीहरूलाई पठाएको थियो ।

अमेरिकी नौसेनाले हजारौं असल्ट राइफल र १० लाखभन्दा बढी राउण्ड गोला बारुद बरामद गरेको छ । गत वर्षदेखि बाइडेन प्रशासनले जफत गरेको हतियार युक्रेनी सेनालाई कानुनी रूपमा पठाउने काम भइरहेको बताएको थियो ।

युक्रेनलाई सहयोग गर्न अमेरिकाले इरानबाट जफत गरिएका पाँच हजारभन्दा बढी एके–४७, रकेट लन्चर र हजारौं राउण्ड गोलीबारी पठाएको अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले घोषणा गरेको छ । युक्रेनले रुस विरुद्धको युद्धमा हतियार र युद्ध सामग्रीको गम्भीर अभावको सामना गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायली बन्धक मुक्त गरे हमासलाई ४० दिनको युद्धविराम प्रस्ताव

प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त गरेमा ४० दिनका लागि युद्धविराम

बर्डफ्लुका कारण आर्कटिक टापुमा वालरसको मृत्यु

नर्वेको आर्कटिक टापुमा बर्ड फ्लुका कारण वालरसको मृत्यु भएको पहिलो घटना फेला परेको

इजरायल र हमासबीच छिट्टै युद्धविराम हुनेमा इजिप्ट आशावादी

इजिप्टका विदेशमन्त्रीले गाजामा युद्धविरामका लागि नयाँ प्रस्ताव आउनेमा आफू ’आशावादी’ रहेको बताएका छन्

गर्मीका कारण बङ्गलादेशमा विद्यालय पुनः बन्द

बङ्गलादेशको एक अदालतले गर्मीका कारण देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । यसअघि