चीनमा मालवाहक जहाज डुङ्गासँग ठोक्किँदा आठजनाको मृत्यु



 

एक साताअघि दक्षिणी चिनियाँ टापु हेनान नजिकै एउटा मालवाहक जहाज र माछा मार्ने डुङ्गा ठोक्किएपछि बुधबार आठ जनाको मृत्यु भएको छ ।
सिन्ह्वा समाचार समितिका अनुसार पनामाको ध्वजाअन्तर्गत सञ्चालनमा रहेको एसआइटिसी दनाङ कन्टेनर जहाज अप्रिल ३ को मध्यरातलगत्तै माछा मार्ने डुङ्गासँग ठोक्किएको थियो । त्यसको असरले माछा मार्ने डुङ्गा डुबेको थियो र त्यसमा सवार आठ जना पानीमा खसेका थिए ।

बुधबार दिउँसो बेपत्ता सबै आठ जनाको शव बरामद गरिएको छ र धेरै जहाज र विमान सामेल भएको उद्धार कार्य समाप्त भएको छ । सरकारी प्रसारक सिसिटिभीले गत साता प्रकाशन गरेको तस्बिरमा दुर्घटना भएको स्थानमा एउटा उज्यालो सुन्तला रङको आपतकालीन जीवन बेडालाई समुद्री क्षेत्रमा तैरिरहेको देखाइएको थियो । यद्यपि त्यहाँ कुनै पनि व्यक्तिलाई देखिएको थिएन ।

हेनानको सुदूर दक्षिणपश्चिमी तटमा रहेको यिङ्गेहाई सहरबाट करिब ४० किलोमिटर टाढा दुर्घटना भएको थियो । पनामाको कन्टेनर जहाजलाई हेनानको सान्या बन्दरगाहमा राखिएको छ र दुर्घटनाको अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायल र हमासबीच छिट्टै युद्धविराम हुनेमा इजिप्ट आशावादी

इजिप्टका विदेशमन्त्रीले गाजामा युद्धविरामका लागि नयाँ प्रस्ताव आउनेमा आफू ’आशावादी’ रहेको बताएका छन्

गर्मीका कारण बङ्गलादेशमा विद्यालय पुनः बन्द

बङ्गलादेशको एक अदालतले गर्मीका कारण देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । यसअघि

नैरोबीको उत्तरमा रहेको एउटा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

शाही अपमानका कारण थाई कार्यकर्तालाई थप दुई वर्षको कारागार सजाय

  थाइल्यान्डको एक अदालतले सोमबार मुलुकका प्रमुख प्रजातन्त्र कार्यकर्तामध्येका एकलाई शाही अपमानको आरोपमा