जर्मनीमा आपराधिक गतिविधि उच्च



जर्मनीमा अपराध सन् २०१६ यताकै उच्च स्तरमा पुगेको जर्मनीका अधिकारीले बताएका छन् । सङ्घीय आपराधिक प्रहरी कार्यालयद्वारा अध्ययन गरी सार्वजनिक गरिएको प्रतिवेदनले युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा अपराधमा वार्षिक ५.५ प्रतिशतले वृद्धि भएको र सन् २०२३ मा यससम्बन्धी ५९ लाख ४० हजार मुद्दा दर्ता भएको जनाएको छ ।

उक्त प्रतिवेदनमा दुई लाख १४ हजारभन्दा बढी अर्थात् ८.६ प्रतिशतले हिंसात्मक अपराधहरू बढेका देखिएको छ ।
सरकारले कानूनी रूपमा नै हिंसाविरुद्ध कडा कदम चाल्ने र यहाँ हिंसामा शून्य सहनशीलता लागू गराउने प्रयास भइरहेको सङ्घीय गृहमन्त्री न्यान्सी फेसरले बताए ।

उनले विशेष गरी आपराधिक गतिविधिमा बालबालिका, किशोरकिशोरी र विदेशीको सङ्ख्यामा तीव्र वृद्धि भएको बताए । प्रतिवेदनले यो तथ्याङ्क क्रमश १२ प्रतिशत, ९.५ प्रतिशत र १३.५ प्रतिशतले बढेको देखाएको छ ।

हिंसा नियन्त्रणका लागि बनाइएका कडा नियमहरू लागू गरिनुपर्ने र देशमा रहेका विदेशी अपराधीले छिट्टै जर्मनीबाट फिर्ता हुनेमा गृहमन्त्री फेसरले जोड दिए ।

सन् २०२२ मा ‘अत्यधिक आप्रवासी तथ्याङ्क’ प्रकाशित गरेपछि सरकारले अवैध प्रवेश रोक्न कडा सीमा नियन्त्रण उपायहरू लागू गरेको छ ।

गत महिना रुसमा १४० जनाभन्दा बढीको ज्यान गएको आतङ्कवादी हमलालाई उदृत गर्दै ‘युरोपियन च्याम्पियनसिप–२०२४’ को समयमा सीमा नियन्त्रणहरू अझ कडा बनाइने उनले बताए ।

आतङ्कवादको खतरा तथा हालका वर्षहरूमा अन्य अपराधहरूमा पनि वृद्धि भएको छ । ‘फ्राइडरिच एबर्ट फाउन्डेसन’ द्वारा प्रकाशित सर्वेक्षणअनुसार विशेष गरी दक्षिणपन्थी विचारहरू व्यापक हुँदै गइरहेका र आठ प्रतिशत मानिसहरूले त्यस्ता विचार राख्ने गरेको उल्लेख गरिएको छ ।

जर्मनीमा राजनीतिज्ञहरूले विदेशीद्वारा हुने अपराधमा भएको वृद्धिलाई बढाइचढाइ नगर्न आग्रह गरिरहेका छन् ।

ब्रान्डनबर्गका आन्तरिक मन्त्री माइकल स्टुबगेनले ‘आपराधिक गतिविधिमा लाग्ने विदेशी’ को सङ्ख्या चिन्ताजनक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायली बन्धक मुक्त गरे हमासलाई ४० दिनको युद्धविराम प्रस्ताव

प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त गरेमा ४० दिनका लागि युद्धविराम

बर्डफ्लुका कारण आर्कटिक टापुमा वालरसको मृत्यु

नर्वेको आर्कटिक टापुमा बर्ड फ्लुका कारण वालरसको मृत्यु भएको पहिलो घटना फेला परेको

इजरायल र हमासबीच छिट्टै युद्धविराम हुनेमा इजिप्ट आशावादी

इजिप्टका विदेशमन्त्रीले गाजामा युद्धविरामका लागि नयाँ प्रस्ताव आउनेमा आफू ’आशावादी’ रहेको बताएका छन्

गर्मीका कारण बङ्गलादेशमा विद्यालय पुनः बन्द

बङ्गलादेशको एक अदालतले गर्मीका कारण देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । यसअघि