युगाण्डामा मलेरिया नियन्त्रण अभियान प्रभावित



द्वन्द्व र जलवायु परिवर्तनलगायतका विश्वव्यापी सङ्कटका कारण अन्तर्राष्ट्रिय दाताहरूले युगाण्डामा मलेरिया परियोजनाहरूको लागि दिँदै आएको रकममा उल्लेख्य कटौती गरेको युगान्डाका स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार युगान्डामा विश्वमा सबैभन्दा बढी मलेरिया सङ्क्रमण दर रहेको छ र यसले मलेरिया नियन्त्रणको लागि अरु दाता राष्ट्रमा निर्भर रहनुपरेको छ । बाह्य कोष फिर्ताका कारण पूर्वी अफ्रिकी देश युगाण्डामा मलेरिया नियन्त्रण र उपचार लागतमा प्रतिकूल प्रभाव पार्ने भएकोे स्वास्थ्य मन्त्रालयको ‘राष्ट्रिय मलेरिया नियन्त्रण महाशाखाका’ प्रमुख जिमी ओपिगोले बताए ।

युक्रेन गाजाको द्वन्द्व र जलवायु परिवर्तनका गतिविधिहरू जस्ता विश्वव्यापी मुद्दाहरूमा आफ्नो ध्यान केन्द्रित रहेको स्वास्थ्य मन्त्री ‘रुथ एसेङले’ संसदीय समितिलाई जानकारी गराए ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार युगान्डामा प्रत्येक दश जना बिरामीमध्ये तीन जनामा मलेरिया भएको पाईन्छ । अस्पतालमा भर्ना भएका पाँच वर्ष मुनिका बालबालिका र गर्भवती महिलाहरू मलेरियाको उच्च जोखिममा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजिप्टमा गाजा युद्धविराम योजनाको हमासले आज जवाफ दिने

  हमासका एक वरिष्ठ अधिकारीले इजिप्टमा आज गाजा युद्धविरामका लागि इजराइलको पछिल्लो काउन्टर

पाकिस्तानको खैबर पख्तुनख्वामा न्यायाधीश अपहरित

  दक्षिण बजिरिस्तानमा आफ्नो कर्तव्य पालन गरिरहेका जिल्ला न्यायाधीश शकिरुल्ला मारवातलाई खैबर पख्तुनख्वाको

गाजा युद्धले विश्व अर्थतन्त्रमा भावनात्मक प्रभाव परेको साउदी अरबको भनाइ

इजरायल र हमासबीच जारी युद्धले विश्वव्यापी आर्थिक भावनामा पारेको असरबारे सङ्केत गर्दै साउदी

टेस्लाका सिइओ एलन मस्क चीनमा

  अर्बपति तथा टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क आइतबार छलफलका लागि चीन