बिशुपर्वको महत्व


डा. लछी सिंह

बिशुपर्वको पृष्ठभूमि
यस पर्वलाई ज्योतिषको प्रमार्णले भन्ने हो भने त्यो दिनमा सूर्यको आगमन् मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने भएकाले वा नयाँ बर्षको शुरुवातको आगमन सङ्क्रान्ति आउने वा “मेष सङक्रान्ति” वा “विषुवत सङक्रान्ति” भनि सो दिनको शब्दले “बिषुवत” भनिएको हो। यसको अर्थ तथा अपभ्रंम स्थानीयमा “बिसु वा बिशु” भनि नामाकरण गरिएको छ। यसको मुख्य अर्थ त बर्षभरीको शरीरको बिषलाई पखाल्ने भनिएको हो र त्यो दिनमा बिहानै स्नान गरी देवीदेवताको पूजाआजा गर्ने चलन परापूर्वकालदेखि आजसम्म चलेको छ। यस पर्वको महत्व बारमो भन्ने हो भने विभिन्न ज्योतिष तथा विज्ञहरुले विभिन्न प्रकारका प्रस्तुति गरेको पाइन्छ। बिशुपर्वको महत्व धेरैजसो सुदूरपश्चिम प्रदेशका बैतडी, दार्चुला, डंडेल्धुरा, बझाङ, बाजुरा, अछाम र डोटी गरी सातवटा जिल्लाहरुमा दिएको पाईन्छ। यसकासाथै कर्णाली प्रदेशका पहाडी जिल्लाहरुमा पनि नयाँवर्ष बैशाख १ गते देखि शुरुवात हुने उपलक्ष्यमा योपर्वलाई रमाईलो तथा साँस्कृतिक हिसाबले मनाउदै आएको पाईन्छ। यसपर्वमा बिदेशियका आफन्तहरु एकै ठाउँमा आई भेटघाट गर्ने तथा एक आफसमा भलाकुसारी गर्ने जस्ता कार्य हुँदैआएका छन्।

नयाँ बर्षको आगमनमा खुशियालीकासाथै नयाँ बर्षको शुभकामना आदानप्रदान गर्ने कार्य हुन्छ। नयाँवर्षको शुरुवात सँगै पुरानो वर्षको विसर्जन पनि गर्ने दिन हो। यसपर्वको विशेषतामा सिस्नो लगाउँने चलन सुदूरपश्चिममा छ। यस दिनमा बर्षभरीको बिष बोकेको हटाउनाकालागि देवरभाउजू, नन्दभाउजू र सालीभिनाजु एकआपसमा भेटघाट हुँदा सिस्नो लगाउने चदन पनि छ। शरीरमा सिस्नो लगाउनाले वर्षभरि लाग्ने छालाको रोग पनि निको भएर जाने र सधै स्वास्थ्य रहने स्थानीयमा जनविश्वास छ। वर्षभरि रोजगरी वा अध्ययनकालागि घरबाहिर गएका व्यक्तिहरु बिशुपर्व मनाउनकालागि यस दिनमा आफनो गाउँघरमा फर्किने चदन पनि छ। घर परिवार तथा समाजका सबै व्यक्तिहरुसँग भेटघाट तथा मेलमिलापकालागि योपर्व एक टीम विल्डीङ्गको काम गरेको छ।

योपर्व शुरुवात हुनभन्दा पहिले आआफनो घरहरु स्थानीय रातोमाटो र सेतोकमेरोले पोतेर चिटिक्क पार्ने काम पनि हुन्छ। साथै स्थानीय सेलरोटी, गतानी, डुब्का, खस्सीको माँसु, माँणो, खीर जस्ता प्रकारका खानाका पकवान बनाई सम्पूर्ण परिवार तथा साथीभाई एक ठाउँमा भेलाभई रमाईलोसंग भोज खाने काम गरिन्छ। अर्को अर्थमा भन्ने हो भने बिशुपर्वको तयारी सबै घरपरिवारमा चैत महिनादेखि नै शुरुवात गरेको पाईन्छ। सबै घरहरु सफा, स्वाच्छ र सुन्दर बनाउनुका साथै सुख, शान्ति र समृद्धि ल्याउने विश्वास पनि गरेको हुन्छ। नेपालको सुदूरपश्चिम क्षेत्र आफनो मौलिक सांस्कृति, परम्परा र सामाजिक सम्बन्धका कारण यसपर्वको विशिष्टता र पहिचान छुटै छ। ययपर्वले समाजमा समृद्धि, साँस्कृतिक र घरभित्र महत्वपूर्ण स्थान लिएको पाईन्छ। यसपर्वलाई नेपालको नयाँबर्षको शुरुकोदिन पनि भनिन्छ। विशुपर्व नयाँवर्षको शुरुवात मात्र होइन, सामाजिक एकता, स्वास्थ्य, समृद्धि र सांस्कृतिक निरन्तरताको प्रतीक मानिन्छ। पौराणिक विश्वास अनुसार योपर्व हिन्दू सम्राट विक्रमादित्यको स्मरणसँग जोडिएको मान्यता छ। साथै सूर्यले आफनो वार्षिकचक्र पूरा गरेको अवसरमा पनि यो दिनलाई लिन सकिन्छ । जसले नयाँ बर्षको शुरुआत संकते गरेको हुन्छ। भारतका केही स्थानमा यस दिनलाई बैशाखी वा बिहुको दिन समने भन्दै मनाउँदै आएको देखिन्छ। यस पर्वको सबैभन्दा अनौठो पक्ष्य भनेको सिस्नो लगाउने हो र यसले रमाईलाले एकआफसमा सम्बन्ध राम्रो हुने र एक अर्काको नाताको बिषयमा थाहाँ हुने गरिन्छ।

माथि उल्लेखित नातागोता नभएकाहरुले पनि आफनो शरीरमा स्वयम सिस्नो लगाउने प्रचलन छ। स्थानीय जनविश्वासका आधारमा यस पर्वले शरीरको विभिन्न रोगहरुबाट छुटकारा पाउन सकिन्छ र मानव आफै फूर्तिलो हुन्छ भने चलन छ। साथै खेतबाट ल्याएको जौकाबाला गाईको गोबरमा मिसाएर सिउरेर घरको ढोकामा टाँस्ने चलन छ। यसले कृषि जीवनशैलीसँग जोडिएको साँस्कृतिक चेतना अभिवृद्धि गराउद छ। यस पर्वले सामाजिक पुनःमिलनको अवसर दिएको छ। तर हिजोआज आधुनिक विकासकालागि स्थानीय मानिसहरुको शहरीकरणसँगै योपर्वको महत्वता कम भएको देखिन्छ। शहरीकरणले सबैले सिमेन्टका घरहरुको निमार्ण गरेपछि माटोले लिपपोत गर्ने चलन हट्दै गएको छ। यसले गर्दा मौलिक रीतिरीवाज, सांस्कृतिक र संस्कार जोगाउनुमा चुनौती देखिएको छ। अन्त्यमा विश्वभर बिशुपर्वको महत्व बढदै गइरहेको छ। यसले नयाँ वर्षको स्वागतकासाथै, स्वास्थ्य, एकता, प्रकृति प्रतिको सम्मान र साँस्कृतिक निरन्तरताको सन्देश दिएको छ।

त्यसैले परम्परा र आधुनिकताको सन्तुलन कायम गर्दै यस पर्वलाई संरक्षण गर्नु आजको आवश्यकता देखिएको छ। यदि यसपर्वको संरक्षण गर्रेइन भने योपर्व केही दिनमा हराएर जानेछ। त्यसैले यसपर्वको महत्वपूर्णताको बारेमा बेलैमा प्रचारप्रशार गरेमा मात्र बचाउन सकिन्छ। यस पर्वको बचाउ समयमा नगरेमा आउने दिनहरुमा नयाँ पुस्ताहरुले यसपर्वको महत्व राख्ने छैन्। यस पर्वलाई आधुनिक प्रकारले विकास गर्दै लाजानु पर्ने देखिन्छ

बिशुपर्वको महत्व
यसपर्वलाई बिशेषगरी नेपालको सुदूरपश्चिम र कर्णाली क्षेत्रमा नयाँ बर्षको आगमनका साथै बैशाख १ गतेमा भव्य रुपमा मनाउने चलन छ। यस पर्वको सांस्कृतिक महत्वता बढीनै छ । यस क्षेत्रमा यसलाई दशै जतिकै महत्व दिएको पाईन्छ। यस पर्वको धार्मिक, सामाजिक, सास्कृतिक र स्वास्थ्यको महत्व निम्नलिखित पक्षबाट बुझिन्छ।
क. स्वास्थ्यको महत्व
• रोग निवारणको विश्वासः नयाँ बर्षको दिन शरीरमा सिस्नो लगाउँदा वर्षभरी कुनै रोग नलाग्ने र सक्तसञ्चार सही हुनका साथै पाँचन प्रणाली पनि राम्रो हुने जनविश्वास छ।
• आत्मा शुद्धिकरणः देवरभाउजू, नन्दभाउजू, सालीभिनाजू र सालाभिनाजू बिच सिस्नो हानाहान गरेर रमाईलो गरिन्छ। यदि कोही नभएमा आफैले पनि शरीरमा सिस्नो लगाउएर शुद्धहुने कार्य हुन्छ।

ख. सामाजिक एकता तथा मिलन
• घरफर्कने अवसरः रोजगारी तथा अध्ययनकालागि भारत तथा अन्य देशहरुमा गएका व्यतिmहरु योपर्वमा आफनो जन्मघर फर्कने चलन छ।
• चेलीबेटीको सम्मानः विवहिता छोरी चेलीहरु बिशुपर्व मनाउन माइतीघर आउने चलन छ। यसले पारिवारिक सम्बन्ध र आत्मीयतालाई बलियो र मजबुत बनाउ छ।
• सम्बन्धमा सुमधुरः सिस्नो लगाउने बहानामा हुने ठट्टा र रमाईलो गरी परिवार तथा सामाजिक सम्बन्धमा बढी बलियो तथा दिगो बनाउ छ।

ग. धार्मिक तथा साँस्कृतिक पहिचान
• कूलदेवताको पूजाः यसपर्वका दिन प्रत्येक घरमा ईष्टकूलदेवताको विशेष पूजाआजा हुन्छ। साथै नयाँ अन्नको भोग पनि चढाईन्छ।
• पवित्र स्नानः मानिसहरु खप्तड, त्रिवेणी, गोदावरी जस्ता धार्मिक तीर्थ स्थलहरुमा गएर नयाँवर्षको पुण्य घडीमा पवित्र स्नान गर्दछन्।
• लोकसंस्कृतिको संरक्षणः बिशुपर्वको अवसरामा गाउँघरमा देउडा खेल खेलिन्छ। विभिन्न स्थानीय मेला जात्राहरु आयोजना गरी रमाईलो गर्ने काम हुन्छ। लोक सँगीत द्वारा आफनो सांस्कृतिक संरक्षण गर्ने काम हुन्छ।

घ. परम्परागत खानपानमा गतानी र डुब्का
बिशुको दिन सुदूरपश्चिमको परम्परागत र प्रसिद्ध परिकारमा गतानी र डुब्का पकाउने चलन छ। यसका साथै सेलरोटी र खीर पनि पकाई खुवाउने चलन पनि छ।

बिशुपर्वको फाईदा तथा बेफाईदा
नेपाली लोकसंगीत, संस्कृति, संस्कार र विशेष गरी सुदूरपश्चिम क्षेत्रमा मनाइने बिशुपर्वका सांस्कृतिक, सामाजिक र स्वास्थ्य दृष्टिकोणबाट धेरै फाईदाहरु हुन्छन् भने यस पर्वका केही व्यावहारिक बेफाईदाहरु वा चुनौतीहरु पनि छन्।

क. बिशुपर्वका फाइदाहरु
• पारिवारिक र सामाजिक मिलनः रोजगारी वा अध्ययनकालागि बाहिर गएका व्यक्तिहरु आआफनो घर फर्किन क्रम जारी हुन्छ। यस पर्वले सामाजिक सद्भाव र एकतामा दिगो बनाउने काम गर्दछ।
• सांस्कृतिक जगेर्नाः बिशु पर्वमा खेलिने पुतला, देउडा र चैतलो जस्ता परापूर्वकालदेखि खेल्ने नृत्य तथा संगीतको महत्वता दिएको छ।
• स्वास्थ्य र सरसफाईमा बलः यो पर्वमा घरको लिपपोत र वरपरको वातावरण सफा, स्वच्छ, सफा राख्ने चलन छ। साथै बिशु पर्वको दिन सिस्नो लगाउने परम्परा पनि छ। जस पर्वले छालाको रक्तसञ्चार बढाउने र शरीरका विषाक्त पदार्थ निको पार्ने मद्दत गर्दछ भन्ने स्थानीयको जनविश्वास छ।
• प्राकृतिक तथा पोषणयुक्त खानपानः बिशु पर्वमा गतानी डुब्का, सेलरोटी, दही, भुजा, मासु, माँणे जस्ता पौष्टिक र परम्पराका खानेकुरा पकाईन्छ र खुवाउने काम हुन्छ। यस पर्वले स्वास्थ्यमा सुधार ल्याउनका साथै फाईदा पु¥याउने काम गर्दछ।

ख.बिशुपर्वका बेफाईदाहरु वा चुनौतीहरु
• सिस्नो लगाउने कृतिः परम्परागत रुपमा प्रतिकात्मक रुपमा सिस्नो लगाइने भए पनि कतिपय ठाउँमा जबरजस्ती वा अत्यधिक सिस्नो लगाउँदा छालामा गम्भीर एलर्जी, दाग वा अत्यधिक दुख्ने समस्या हुन्छ।
• फजुल खर्च र आर्थिकभारः यस चाडपर्व मनाउने नामले नयाँ कपडा ल्याउने, माँसु र मदिरा जस्ता खाने काम स्थानीय समाजमा हुन्छ। जसको आय कम हुन्छ उसको बढी खर्चले परिवारमा झन भार पर्ने देखिन्छ। त्यसैले यस पर्वले गरिब परिवारमा नकारात्मक प्रभाव पारेको छ।
• मदिरापान र झैझगडाः यस पर्वको रमाईलोमा कतिपय युवाहरुले अत्यधिक मदिरा सेवन गरी घरेलु हिंसा, सामाजिक झैझगडा र दुर्धटनाको जोखिम बढन जान्छ।
• बजारमा महँगीः यस चाडपर्वको समयमा यातायातको भाडा बढ्ने, खाद्यान्न र लताकपडाको कृतिम महँगी बढदै जाने भएकाले सबै व्यक्तिका लागि यो चाडपर्व राम्रो छैन् भन्ने देखाउद छ।

अन्त्यमा बिशुपर्वको निष्कर्ष
बिशुपर्व केवल एउटा चाडपर्व मात्र नभएर सुदूरपश्चिमीलेहरुको पहिचान, प्रकृतिको पूजा, मानव स्वास्थ्यको अनुपम मेल र सामाजिक सद्भावको प्रतीक मानिन्छ। आधुनिकताको प्रभावले गर्दा सिस्नो खेल्ने जस्ता कतिपय पुराना मौलिक परम्पराहरु बिस्तारै कमहुँदा गएकाले यसको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण हुने काम गरिन्छ। बैशाख १ गते अर्थात नेपाली नयाँबर्षको पहिलो दिन सुदूरपश्चिमका पहाडी जिल्लाहरु डंडेल्धुरा, डोटी, अछाम, बैतडी, बझाङ, बाजुरा, दार्चुला आदिमा योपर्व बिशेष रुपमा धूमधामकासाथ मनाईन्छ। ज्योतिषीय दृष्टिले योपर्वको शुभदिनको रुपमा मनाईन्छ। रोगव्याधिलाई बिर्सेर नयाँबर्ष हर्षेल्लासकासाथ स्वागत गर्ने निष्र्कष बोकेको योपर्वलाई अति उत्कृष्टताकासाथ मनाईन्छ।

यसपर्वमा विवाहित छोरीचेलीहरु माइती आउँछन् र बिदेशमा छरिएका व्यक्ति, परिवार र समाजमा एकै ठाउँमा भेटघाट गरी अन्तरक्रिया गर्ने शुभ अवसरको पाईन्छ। बैज्ञानिक तथा परम्परागत निष्र्कष अनुसार यसदिन शरीरमा सिस्नो लगाउँदा बर्षभरी बोकेको रोग निर्मूल हुनकासाथै नयाँरोग लाग्दैन भन्ने जनविश्वासको समाजमा छ। यसपर्वमा डोटेली संस्कृतिका रैथाने खानाहरु निसौसे, रोट, माँणो,गतानी डुब्का र खीर पकाएर घरपरिवारका सदस्यहरूलाई खुवाउँने चलन छ। यसले स्थानीय खाद्य संस्कृतिलाई सधै जीवन्त राख्ने अवसर दिएको पाईन्छ। यसपर्वले नयाँबर्षको शुभकामना आदानप्रदान गर्ने मौका एकै ठाउँमा पाउँदछन्। यस अवसरमा देउडा खेल्ने, पुतला नाच्ने र विभिन्न प्रतियोगिताहरु गरी आयोजना बनाउने काम हुन्छ। जसले सुदूरपश्चिमका लोककलाकारीता जोगाउने काम भएको छ। सुदूरपश्चिम तथा कर्णाली प्रदेशका स्थानीय जनताले रमाइलोसँग एकठाउँमा बसी योपर्व मनाउने काम हुन्छ। स्थानीयमा यसपर्वको महत्व सबभन्दा बढी छ। यसपर्वको अवधि सिद्धिय पछि सबै व्यक्तिहरु आआफनो ठाउँमा फर्किने काम हुन्छ र बिशुपर्व सम्पन गरिन्छ ।

(डा. लछी सिंह समाजशास्त्र तथा सुशासन विज्ञका साथै हार्ट क्लब नेपाल ललितपुर जिल्लाका सभापति पनि हुन्)