अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्वाध सहायता अनुमति दिन आदेश



नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले इजरायललाई गाजापट्टीमा रहेका प्यालेस्टिनीका लागि आधारभूत मानवीय सहायता सुनिश्चित गर्न आदेश दिएको छ ।

इजरायलले संयुक्तराष्ट्र सङ्घसँगको सहयोगमा तत्काल आवश्यक आधारभूत सेवाहरू र मानवीय सहायताका लागि सम्बन्धित पक्षद्वारा व्यापक रूपमा निर्बाध प्रावधान सुनिश्चित गर्न ढिलाइ नगरी प्रभावकारी उपायहरू अपनाउनु पर्ने आईसीजेले फैसलामा उल्लेख गरेको छ ।

यस सहायतामा खाद्यान्न, पानी, बिजुली, इन्धन, आश्रय, कपडा, स्वच्छता र सरसफाइ आवश्यकताहरूका साथै चिकित्सा सेवा समावेश छ । फैसलामा गाजाबाट सीमापार आवातजावत गर्ने स्थानको क्षमता र संख्या बढाइ आवश्यकताका आधारमा खुला राख्नुपर्ने जनाइएको छ ।

आइसीजेले यसअघि जनवरी २६ मा दिएको फैसलामा पनि इजरायललाई गाजापट्टीमा प्यालेस्टिनीहरू विरुद्धको नरसंहार रोक्न, प्यालेस्टिनी विरुद्धका उक्साहट रोक्न, प्रमाणहरू सुरक्षित गर्न र मानवीय सहायता सम्बन्धमा तत्काल कदम चाल्न आदेश दिएको छ ।

सन् २०२३ डिसेम्बर २९ मा दक्षिण अफ्रिकाले गाजापट्टीमा प्यालेस्टिनीहरू विरुद्ध गम्भीर मानवअधिकार उल्लङ्घन गरेको भन्दै इजरायल विरुद्ध कारबाहीको लागि आइसीजेमा मुद्दा दर्ता गरेको थियो ।

अदालतले गाजापट्टीमा प्यालेस्टिनीहरूको विनाशकारी जीवन अवस्था अझ बिग्रिएको अवस्थामा प्यालेस्टिनीहरूले खाद्यान्न र अन्य आधारभूत आवश्यकताको अभावलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो ।

पछिल्लो समय गाजामा प्यालेस्टिनीहरूले अनिकालको जोखिम मात्र सामना नगरि अनेकन मानवीय सङ्कटको सामना गर्न बाध्य भएको तथा आगामी दिनमा अझै धेरै कठिन स्थिति उत्पन्न हुन सक्ने आदेशमा उल्लेख गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चाङ’ई–६ प्रक्षेपण गर्ने चीनको तयारी

  चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सिएनएसए) ले चन्द्रमाको अनुसन्धान गर्न मेको प्रारम्भमा उचित

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायलतर्फ प्रस्थान

  मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही सदस्य इजरायलतर्फ जान लागेका छन् ।  यो प्रयास दक्षिणी

सुडानको डार्फरमा जारी तनावप्रति संयुक्त राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त

  सुडानको उत्तरी डार्फर क्षेत्रमा जारी द्वन्द्वका बारेमा बढ्दो चिन्ताजनक रिपोर्टप्रति संयुक्त राष्ट्रसङ्घका

चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको