बाल्टिमोरको फ्रान्सिस स्कट कि ब्रिजमा जहाज ठोक्किएपछि…



अमेरिकी सहर बाल्टिमोरको फ्रान्सिस स्कट कि ब्रिज (पुल) मा जहाज ठोक्किएपछि पुल भत्किएको र कम्तीमा २० जना पानीमा फसेको मेरिल्याण्ड यातायात प्राधिकरणले जनाएको छ ।

पानीजहाजको ठक्करका कारण ‘आई–६९५ कि ब्रिज’ मा आंशिक क्षति पुगेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले भिडियोमार्फत सवारी चालकहरूलाई पटाप्सको नदीको पुल प्रयोग नगर्न निर्देशन दिएको छ ।

प्राधिकरणले पुलमा भएको क्षतिका कारण पुलको दुवै तर्फका सडक बन्द गरिएको जनाएको हो । बाल्टिमोर प्रहरी विभागका प्रहरी प्रवक्ताले दुर्घटनामा परेका मानिसहरू नदीमा रहेका हुन सक्ने बताएका छन् ।

स्थानीय अधिकारीका अनुसार दुर्घटनाका कारण कम्तीमा २० जना पानीमा फसेका छन् । बाल्टिमोर सिटी प्रहरीलार्ई मङ्गलबार बिहानै जहाजको ठक्करका कारण करिब १ः३५ मा पुल भत्किएको सूचना आएको बाल्टिमोर प्रहरीका निकी फिनोयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पानीजहाजहरूको अनुगमनबारे जानकारी दिने वेबसाइट ‘मरिन ट्राफिक’ ले मङ्गलबार बिहान डाली नामक सिङ्गापुरको ध्वजा बहाक कन्टेनर दुर्घटनाग्रस्त पुलमुनि रोकिएको देखाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नाटो सदस्य राष्ट्रहरूबीच रक्षा बजेटमा उल्लेखनीय वृद्धि

ब्रसेल्स । नाटोले सन् २०२४ मा ३२ सदस्य राष्ट्रमध्ये २२ राष्ट्रले आफ्नो कुल

‘विनफास्ट’को विद्युतीय सवारी व्यापारमा ठूलो वृद्धि

हनोई । भियतनामको विद्युतीय गाडी निर्माता ’विनफास्ट’ ले सन् २०२४ मा अघिल्लो वर्षको

ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई सन्देशः ‘अब शान्ति सम्झौता गरौं’

युक्रेन । कीभमा भएको घातक रुसी मिसाइल आक्रमणपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी

इजरायली आक्रमणमा गाजामा २९ जनाको मृत्यु

गाजा। गाजा पट्टीमा बिहीबार भएका इजरायली  हवाई आक्रमणमा कम्तीमा २९ जना प्यालेस्टिनी नागरिकको