फिलिपिन्समा सवारी दुर्घटनामा १७ जनाको मृत्यु



 

 

दक्षिणी फिलिपिन्समा बालुवाले भरिएको एउटा डम्प ट्रक र एउटा यात्रुवाहक भ्यान आपसमा ठोक्किँदा कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । दुर्घटना मिन्डानाओको दोस्रो सबैभन्दा ठूलो टापुस्थित उत्तरी कोटाबेटो प्रान्तको एन्टिपास नगरपालिकाको मुख्य सडकमा दिउँसो भएको हो ।

प्रहरी क्याप्टेन गोडोफ्रेडो तुपाजले मृतकहरू भ्यानका चालक र यात्री रहेको बताउनुभयो । यसअघि मृतकको सङ्ख्या १३ रहेको बताइएको थियो । तुपाजका अनुसार मृतकमध्ये छ वर्षका बालक पनि रहेको र उनको अस्पतालमा मृत्यु  भएको छ । घाइते एकको उपचार भइरहेको छ ।

दुर्घटनामा डम्प ट्रकका चालक र त्यसमा सवार दुई यात्रु बचेको र चालकलाई प्रहरी हिरासतमा राखिएको तुपाजले बताए । प्रत्यक्षदर्शीहरूले दुई सवारी ठोक्किनुअघि ट्रकको ब्रेक फेल भएको बताएको आपत्कालीन अधिकारी माइक गारफिनले जानकारी दिए । उनका अनुसार सम्भवतः दुर्घटनाका कारण भ्यानमा आगो लागेको थियो ।

फिलिपिन्समा घातक दुर्घटनाहरू सामान्य हुन् । यहाँ चालकहरू प्राय नियमहरूको उल्लङ्घन गर्छन र सवारीहरूको मर्मत खराब हुन्छ । साथै ती सवारीमा क्षमताभन्दा बढी सामान लोड गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा इजरायली हमलामा ४८ घण्टामा ९० जनाभन्दा बढीको मृत्यु

गाजापट्टी । गाजामा इजरायली आक्रमणमा पछिल्लो ४८ घण्टामा ९० भन्दा बढीको ज्यान गएको

डुङ्गामा आगलागी हुँदा कङ्गोमा १४३ जनाको मृत्यु

किन्शासा । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा १४३

ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

कोलम्बो । श्रीलङ्काको एक चर्चमा शुक्रबार बेलुकी गोली प्रहार भएको छ। प्रहरीले जानकारी

ईरान र अमेरिका आणविक विषयमा रोममा दोस्रो चरणको उच्चस्तरीय वार्ता गर्दै

रोम । इरान र संयुक्त राज्य अमेरिका बीच तेहरानको आणविक कार्यक्रमसम्बन्धी दोस्रो चरणको