चीनसँग जोडिएको बन्दरगाहमा भएको आक्रमणमा सात पाकिस्तानी आतङ्कवादीको मृत्यु


चिनियाँ लगानीको आधारशिला मानिने पाकिस्तानको बन्दरगाह कार्यालयमा आक्रमण गर्ने प्रयास गरेका कम्तीमा सात आतङ्कवादीलाई सुरक्षा बलले मारिदिएको अधिकारीहरूले बताएका छन् ।

पाकिस्तानले दशकौँदेखि दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा उग्र विद्रोहको सामना गरिरहेको छ । बलुचिस्तानमा इस्लामाबादका विरोधी पृथकतावादीहरूले प्राय विदेशी लगानीका परियोजनाहरूलाई निशाना बनाइरहन्छन् ।

बलुचिस्तानको ग्वादर बन्दरगाह प्राधिकरण परिसरमा ‘घुसपैठ’ को प्रयास गर्ने सात आतङ्कवादी मारिएका स्थानीय अधिकारी सइद अहमदले बताए ।

अरब सागमा रहेको ग्वादर बन्दरगाहको व्यवस्थापन एउटा चिनियाँ फर्मद्वारा गरिएको छ र यसलाई आफ्नो विशाल बेल्ट एन्ड रोड इनिसिएटिभ पूर्वाधार परियोजनाअन्तर्गत पाकिस्तानमा बेइजिङको मुकुट रत्न मानिन्छ । सैन्य स्रोतका अनुसार परिसरभित्र कानून प्रवर्तन चौकीको सुरक्षा दिइरहेका चार सैनिकका साथै सात आतङ्कवादी मारिएका छन् ।