पृथ्वी सङ्कटको सङ्घारमा रहेको राष्ट्रसङ्घको चेतावनी



संयुक्त राष्ट्रसङ्घले पृथ्वीको तापक्रम गत वर्षको भन्दा बढेसँगै सन् २०२४ मा तापक्रम थप वृद्धि हुने चेतावनी दिएको छ । राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्युएमओ) को प्रारम्भिक प्रतिवेदनले सन् २०२३ हाल सम्मकै तातो वर्ष रहेको पुष्टि गरेको छ ।

गतवर्ष नजिकको सतहको औसत तापक्रम पूर्वऔद्योगिक स्तरभन्दा एक दशमलव ४५ डिग्री सेल्सियस बढी रहेको डब्ल्युएमओले बताएको छ । यो एक दशमलव पाँच डिग्री सेल्सियसको सीमा नजिक हो ।

सन् २०१५ को पेरिस जलवायु सम्मेलनमा मुलुकहरू एक दशमलव पाँच डिग्री सेल्सियसको सीमाबाट बच्न सहमत भएका थिए । प्रतिवेदनको प्रतिक्रिया दिँदै राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पृथ्वी सङ्कटमा रहेको सङ्केत गरेका छन् । डब्ल्युएमओका अनुसार गतवर्षको औसत तापमान १ दशमलव ४५ डिग्री सेल्सियस थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा इजरायली हमलामा ४८ घण्टामा ९० जनाभन्दा बढीको मृत्यु

गाजापट्टी । गाजामा इजरायली आक्रमणमा पछिल्लो ४८ घण्टामा ९० भन्दा बढीको ज्यान गएको

डुङ्गामा आगलागी हुँदा कङ्गोमा १४३ जनाको मृत्यु

किन्शासा । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा १४३

ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

कोलम्बो । श्रीलङ्काको एक चर्चमा शुक्रबार बेलुकी गोली प्रहार भएको छ। प्रहरीले जानकारी

ईरान र अमेरिका आणविक विषयमा रोममा दोस्रो चरणको उच्चस्तरीय वार्ता गर्दै

रोम । इरान र संयुक्त राज्य अमेरिका बीच तेहरानको आणविक कार्यक्रमसम्बन्धी दोस्रो चरणको