आईएमएफ कार्यक्रम मार्चभित्र लागू गर्न श्रीलङ्काको केन्द्रीय बैंक तयार



श्रीलङ्काको केन्द्रीय बैंक (सीबीएसएल) ले सन् २०२३ को मार्च महिनाभित्र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को कार्यक्रम लाई अङ्गीकार गर्न तयार रहेको बताएको छ ।

बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषले असाधारण उच्च मुद्रास्फीतिका बीच र मुद्रास्फीति प्रक्षेपण र आर्थिक भविष्यको दृष्टिकोणको वरिपरि उच्च स्तरको अनिश्चितता रहेको र समस्याको समाधानका लागि मौद्रिक नीतिको आडमा गहन वार्तामा निरन्तर संलग्न रहेको सीबीएसएलका गभर्नर नन्दलाल वीरासिङ्घेले बताए ।

सीबीएसएल र आईएमएफका कर्मचारीबीच मुद्रास्फीतिको दृष्टिकोणमा केही भिन्नता रहेको वीरासिंघेले बताए । सीबीएसएलको मौद्रिक बोर्डले स्थायी निक्षेप सुविधा दर र स्थायी ऋण सुविधा दरलाई एकसय आधार बिन्दुले वृद्धि गरी क्रमशः १५ दशमलव ५० प्रतिशत र १६ दशमलव ५० प्रतिशत पुर्याउने निर्णय गरेको छ ।

आईएमएफ विस्तारित कोष सुविधा व्यवस्थालाई अन्तिम रूप दिएर अगाडि बढ्नका लागि सबै पूर्व कार्यहरू पूरा गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै वार्ताको प्रारम्भिक चरणमा परिकल्पना गरिएको जस्तै मौद्रिक बोर्ड र आईएमएफका कर्मचारीहरू नीतिगत ब्याज दरहरू बढाउने सहमतिमा पुगेका छन् ।

स्वतन्त्रतापछिको सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्काले सन् २०२२ अप्रिलमा बाह्य ऋणको भुक्तानी स्थगन गरेको थियो र अन्तर्राष्ट्रिय मुद्रा कोषसँग २ दशमलव ९ अर्ब अमेरिकी डलरको थप कोष व्यवस्थाका लागि वार्ता सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरान र ट्रम्पबीच वार्ता गर्न राष्ट्रसङ्घीय आणविक प्रमुखको आग्रह

  डाभोस । इरानले समृद्ध युरेनियमको उत्पादन तीव्र पारेको बेला संयुक्त राष्ट्रसङ्घीय आणविक

अक्टोबर ७ को आक्रमणले अमेरिकी आणविक वार्ताको ‘अवसर नष्ट’ गरको  इरानको दाबी

  डाभोस । इरानका उपराष्ट्रपति मोहम्मद जावेद जरिफले हमासको सन् २०२३ अक्टोबर ७

भारतमा रेल दुर्घटनामा परी ११ जनाको मृत्यु

नयाँदिल्ली । बुधबार भारतमा रेलमा आगलागी भएको हल्लाका कारण ११ जनाको मृत्यु भएको

युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको भनाइ

  वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्य