जापानले अर्को हप्ता एच–थ्री रकेट प्रक्षेपण गर्ने



जापानले आफ्नो एच–थ्री रकेटको पहिलो प्रक्षेपण आगामी हप्ता सोमबार गर्ने तयारी गरेको छ । ‘जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा)’ ले एच–थ्री रकेटको उद्घाटन उडान सोमबारदेखि शुक्रबारसम्म हुनसक्ने जनाएको छ ।

दक्षिणपश्चिम जापानको कागोशिमा प्रिफेक्चरमा रहेको तानेगाशिमा अन्तरिक्ष केन्द्रको प्रक्षेपण स्थलबाट रकेट प्रक्षेपण गर्ने योजना रहेको जाक्साले जनाएको छ ।

जापानको अघिल्लो मुख्य प्रक्षेपण यान एच–२–ए रकेटबाट विकशित एच–३ रकेटको प्रक्षेपण प्रणालीमा गडबडी र खराब मौसमका कारण धेरै पटक ढिलाइ भएको छ ।

फेब्रुअरी १७ मा जाक्साले एयरफ्रेमको ब्याट्रीबाट यसको मुख्य इन्जिनको कन्ट्रोल युनिटमा केही सेकेन्डका लागि विद्युतीय करेन्ट काटिएपछि प्रक्षेपण रद्द गरेको बताएको थियो ।

जाक्सा र मित्सुबिसी हेभी इन्डस्ट्रिजले सन् २०१४ मा संयुक्तरुपमा विकास गरेको रकेटको लागत २०० अर्ब येन (करिब १.४६ अर्ब अमेरिकी डलर) रहेको छ ।

दाइची–३ भूउपग्रहलाई विपद् व्यवस्थापनमा सहयोग पु¥याउन प्रयोग गरिने बताइएको छ । नयाँ रकेटले आफ्नो पूर्ववर्ती रकेटको तुलनामा लगभग ३० प्रतिशत बढी भारी बोक्न सक्ने बताइएको छ । प्रक्षेपणको लागत ५० प्रतिशत कम हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले बिहीबार सफलतापूर्वक आफ्नो स्पाडेक्स उपग्रहहरू

म्यान्माको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु

याङ्गुन । उत्तरी म्यानमारको कचिन राज्यमा एक जेड खानीमा पहिरो जाँदा कम्तीमा ३२

इन्डोनेसियाको सपिङ मलमा आगलागी, सात जनाको मृत्यु भएको आशङ्का

जकार्ता । इन्डोनेसियाको जाकार्ता शहरको एक सपिङ मलमा बुधबार साँझ आगलागी हुँदा सात

चीनमा स्मार्टफोन बिक्रीमा एप्पल स्थानीय प्रतिद्वन्द्वीभन्दा कमजोर

बेइजिङ । एप्पलका लागि उत्कृष्ट बजार रहेको चीनमा सन् २०२४ मा यसले सबैभन्दा