दक्षिण अफ्रिकामा सवारी दुर्घटनामा १६ जनाको मृत्यु



दक्षिण अफ्रिकामा शुक्रबार सवारी दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । लिम्पोपो प्रान्तको मोटेमामा बिहान दुई ट्याक्सी र एउटा भारी गाडी ठोक्किँदा १६ जनाको मृत्यु भएको लिम्पोपो यातायात तथा सामुदायिक सुरक्षा विभागले जनाएको छ ।

विभागका प्रवक्ता टिडिमालो चुएनले भने, ‘आज बिहान एउटा ट्याक्सी असुरक्षित रुपमा ओभरटेक गरेर एउटा ट्रक र अर्को ट्याक्सीसँग ठोक्किँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’

दुर्घटना भएका ट्याक्सीहरूमध्ये एउटाले विक्षार्थीहरूलाई विद्यालय पुर्याइरहेको थियो । मृत्यु हुनेमा दुई ट्याक्सीका चालक र छ जना विद्यार्थी रहेको जनाइएको छ ।

घटनास्थलमा रहेका कानून प्रवर्तन अधिकारीहरूलाई उदृत गर्दै लापरबाहीपूर्वक सवारी चलाउनुलाई दुर्घटनाको सम्भावित कारणको रूपमा उल्लेख गरेको चुएनेले बताए । गम्भीर घाइते भएका चार जना यात्रुलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा रेल दुर्घटनामा परी ११ जनाको मृत्यु

नयाँदिल्ली । बुधबार भारतमा रेलमा आगलागी भएको हल्लाका कारण ११ जनाको मृत्यु भएको

युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको भनाइ

  वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्य

जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि

टोकियो । जापानमा एभियन इन्फ्लुएन्जाको प्रकोप बढ्दै गएको छ। उक्त प्रकोपले गर्दा यस

अफ्रिकी सुन खनिकको व्यथा

जोहानेसबर्ग । सयौं फसेका खनिकहरूका लागि नरकको प्वाल बनेको ‘स्टिलफन्टेन साफ्ट’ दक्षिण अफ्रिकाका