मालीमा भएको हिसात्मक आक्रमणको राष्ट्रसङ्घीय मिसनले अनुसन्धान गर्ने



गत हप्ता मालीमा भएको हिंसात्मक आक्रमण र यसमा परी केही व्यक्तिको ज्यान गएको विषयमा संयुक्त राष्ट्रसङ्घीय मिसनले अनुसन्धान गर्ने जनाएको छ ।

मालीमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले त्यसको अनुसन्धान गर्ने जनाएको संयुक्त राष्ट्रसङ्घका एकजना प्रवक्ताले जनाएका छन् ।

ती प्रवक्ताका अनुसार गत हप्ता मालीमा संयुक्त राष्ट्रसङ्घीय मिसनमाथि नै हमला भएको थियो र त्यसमा परेर कम्तीमा पनि १२ जनाले ज्यान गुमाएका थिए ।

मालीको बान्डियागारा भन्ने स्थानमा यहाँका आतङ्ककारी सशस्त्र समूहले आक्रमण गरी १२ जना सर्वसाधारणको ज्यान लिएको थियो ।

ती आतङ्ककारीको खोजी जारी राखिएको भए पनि प्रहरीले भेट्न सकेको छैन । उक्त क्षेत्रको कानी बोन्जोन गाउँमा सर्वसाधारणलाई घेराहालेर हत्या गरिएको भन्दै यस्तो जघन्य अपराधको खोजी अनुसन्धान गर्नुपर्ने संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले सो कुराको जानकारी दिएका हुन् ।

उनले मालीको संयुक्त राष्ट्रसङ्घीय मिसनले यस जघन्य अपराधको अनुसन्धान गर्ने बताए । मालीमा सशस्त्र समूहले हिंसात्मक क्रियाकलापलाई जारी राखेपछि शान्तिवार्ताका माध्यमबाट समस्याको समाधान गर्न संयुक्त राष्ट्रसङ्घले पहल गरेको भए पनि सफल हुन सकेको छैन । यहाँ शान्ति स्थापनाको प्रयासका लागि संयुक्त राष्ट्रसंघीय शान्ति सेना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेशमा दिइने सहायता ‘स्थगित गर्न’ अमेरिकी विदेश मन्त्रालयको निर्देशन

बीबीसी । अमेरिकी विदेश मन्त्रालयले सबै प्रकारका वैदेशिक सहायता तत्कालका लागि रोक लगाउन

युक्रेनको विषयमा वार्ताका लागि रुस तयार

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबारे वार्ताका लागि मस्को तयार रहेको बताएका

अमेरिकासँग कुनै व्यापार युद्ध नहुने मेक्सिकोका राष्ट्रपतिको भनाई

मेक्सिको । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको व्यापारका विषयमा दिएको टिप्पणीपछि मेक्सिकोकी राष्ट्रपति

श्रीलङ्कामा वर्षाका कारण २७ हजार परिवार विस्थापित

कोलम्बो । श्रीलङ्कामा भारी वर्षाका कारण दुई श्रीलङ्कालीको मृत्यु भएको र तीन जना