देश विकासका लागि युवालाई सक्रिय बनाउने पाकिस्तानी प्रधानमन्त्रीको भनाई



पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले पाकिस्तानको विकासका लागि यहाँको युवा बर्गलाई सक्रिय बनाइने बताएका छन् ।

उनले देशको विकासका क्षेत्रमा सबै युवाहरुलाई सहभागी गराउनका लागि सरकारले विभिन्न कार्यक्रमहरु पनि ल्याउने तयारी गरेको पनि उनले जानकारी दिए ।

पाकिस्तानमा जारी रहेको युवा महोत्सवको अवसरमा उनले सरकारले देशका सबै युवा वर्गलाई देश विकासको काममा सहभागी र सक्रिय बनाउने योजना बनाएको र त्यसका लागि आवश्यक स्रोतको पनि व्यवस्था गरेको बताए ।

देशको विकासमा युवा वर्गको ठूलो योगदान पुग्न सकोस् भनेर सरकारले समावेशी प्रकृतिको युवा नीति ल्याउने र त्यसबाट उनीहरु सक्रिय र जागरुक बन्न सक्ने स्पष्ट पारे ।

उनले देशको ६० प्रतिशत जनसङ्ख्या युवा रहेको भन्दै यो जनशक्तिको योगदानबाट देशको विकास हुने पनि बताए ।

उनले पाकिस्तान सरकारले सन् २०२३ लाई युवा वर्षका रुपमा मनाइरहेको र यस वर्ष युवाहरुको हक अधिकारको रक्षाका लागि पनि विभिन्न कार्यक्रमहरु ल्याउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा रेल दुर्घटनामा परी ११ जनाको मृत्यु

नयाँदिल्ली । बुधबार भारतमा रेलमा आगलागी भएको हल्लाका कारण ११ जनाको मृत्यु भएको

युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको भनाइ

  वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्य

जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि

टोकियो । जापानमा एभियन इन्फ्लुएन्जाको प्रकोप बढ्दै गएको छ। उक्त प्रकोपले गर्दा यस

अफ्रिकी सुन खनिकको व्यथा

जोहानेसबर्ग । सयौं फसेका खनिकहरूका लागि नरकको प्वाल बनेको ‘स्टिलफन्टेन साफ्ट’ दक्षिण अफ्रिकाका