जाम्बियामा हैजाको प्रकोप



जाम्बियामा हैजाको प्रकोप बढ्दै गएको छ । यहाँको वुहाबी जिल्लामा मात्र हैजाका सङ्क्रमितको सङ्ख्या कम्तीमा पनि ३६ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार गएको २४ घन्टामा यो जिल्लामा हैजाका सङ्क्रमित भेटिएका बताइएको छ ।

यहाँ हैजाबाट एकजनाको ज्यान गएको छ भने अरु आठ जना अस्पतालमा गम्भीर अवस्थामा रहेका बताइएको छ । जाम्बियाको पूर्वी जिल्लामा हैजाको प्रकोप फैलिँदै गएको पाइएको बताइएको हो ।

आइतबारसम्म यहाँ यसका सङ्क्रमितहरु ३६ जना पुगेका र दिन प्रतिदिन बढ्दै गएकाले हैजाको नियन्त्रणका लागि यहाँका स्वास्थ्य अधिकारीहरुलाई आग्रह गरिएको छ ।

मलावीको सीमा क्षेत्रमा पर्ने उक्त जिल्लामा हैजाको प्रकोप बढ्दै गएको र सो जिल्लामा हैजा विरुद्धको खोप दिने काम भइरहेको जाम्बियाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

सो क्षेत्रमा गत महिनादेखि नै यसको प्रकोप बढेको र त्यसपछि स्वास्थ्यकर्मीहरु खटाएर यसको उपचार र थप सतर्कता अपनाइएको भन्दै यहाँका १५ हजार पाँच सयभन्दा बढी व्यक्तिलाई हैजाका विरुद्धको खोप दिइएको सो मन्त्रालयले जनाएको छ ।

जाम्बियामा विगतका वर्षहरुमा पनि हैजाको प्रकोप फैलिने गरेको थियो । त्यसैले यहाँका स्वास्थ्य अधिकारीहरुले आम नागरिकलाई खानपिन र स्वास्थ्यमा ध्यान दिन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत