दक्षिण कोरियामा माछा मार्ने क्रममा डुङ्गा दुर्घटना हुँदा नौ जना वेपत्ता



दक्षिण कोरियामा माछा मार्ने एउटा डुङ्गा दुर्घटना हुँदा नौ जना वेपत्ता भएका छन् । दक्षिणपश्चिमी तटीय क्षेत्रमा माछा मार्ने एउटा डुङ्गा पल्टिँदा बेपत्ता उनीहरूको उद्धारकर्मीले समुद्र र हवाई मार्गबाट खोजी गरिरहेका छन् ।

गृह मन्त्रालयका अनुसार शनिबार राति सिनान काउन्टीको तटीय क्षेत्रमा २४ टन तौल भएको उक्त जहाज पानीमा पल्टिएको हो । चालक दलका तीन सदस्यलाई नजिकैको डुङ्गाले उद्धार गरे पनि दुई विदेशीसहित अन्य नौ जना हराइरहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बेपत्ताको खोजीका लागि एक दर्जनभन्दा बढी पानीजहाज, तटीय सुरक्षाकर्मी र नौसेनाका तीन वटा विमान परिचालन गरिएको जनाइएको छ ।

आन्तरिक मामिला मन्त्री ली साङ–मिनलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले चालक दलका अधिकांश सदस्यले डुङ्गा छोडेको अनुमान गरिएको छ ।

राष्ट्रपति युन सुक योलले उद्धारकार्यका लागि अधिकतम प्रयास गर्न आग्रह गर्दै खोजी क्षेत्र फराकिलो बनाउन ‘उपलब्ध सबै स्रोत साधन’ परिचालन गर्न आदेश दिएको उनको कार्यालयले जानकारी गराएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जापानी प्रधानमन्त्री किशिदा दुई दिने भारत भ्रमणमा

जापानका प्रधानमन्त्री फुमियो किशिदा दुई दिने भारत भ्रमणका लागि सोमबार भारत आइपुगेका छन्

मध्य अफ्रिकी गणतन्त्रमा नौ चिनियाँ नागरिकको हत्या

मध्य अफ्रिकी गणतन्त्रमा ‘सशस्त्र व्यक्तिहरू’ले आक्रमण गरी नौ जना चिनियाँ कामदारको हत्या गरेका

सैनिक हेलिकोप्टर दुर्घटनामा कोलम्बियामा चार जनाको मत्यु

कोलम्बियामा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पनि चार जनाको ज्यान गएको

हिंसाका घटना बढेपछि अमेरिकाको मियामीमा संकटकाल घोषणा

अमेरिकाको फ्लोरिडा राज्यको एक सहरमा हिंसाका घटना बढेपछि कफ्र्यु आदेश जारी गरिएको छ