लडाकु विमान प्रयोग गरी अमेरिकाले खसाल्यो चिनियाँ बलुन



अमेरिकाले आफ्नो आकाशमा देखिएको बलुन लडाकू विमान प्रयोग गरी खसालेको छ । टेलिभिजनहरुमा देखाइएका भिडियोमा उक्त बलुन सानो विस्फोटनपछि समुद्रमा खसेको देखिएको छ ।

एउटा क्षेप्यास्त्रको सहाराले आकाशमा रहेको उक्त बलुन विरुद्ध एफ २२ लडाकु जेटले कारबाही अघि बढाएको थियो । रक्षा अधिकारीहरूले अमेरिकि सञ्चारमाध्यमलाई त्यसको भग्नावशेष मटल बीच, साउथ क्यारोलाइना नजिकै ४७ फिट गहिरो पानीमा खसेको जनाएका छन् ।

निशाना लगाइए लगत्तै त्यो सिधै समुद्रमा खसेको थियो र अमेरिकी अधिकारीहरूले झन्डै ११ किलोमिटरको क्षेत्रफलमा फैलिएको त्यसको भग्नावशेष खोज्ने प्रयास गरिरहेको जनाइएका छन् । भग्नावशेष सङ्कलनका लागि दुई वटा नौसैनिक पानी जहाज र एउटा क्रेन परिचालन गरिएको छ ।

साउथ क्यारोलाइनाका अधिकारीहरूले यसअघि मानिसहरूलाई आफ्नै राइफल प्रयोग गरी उक्त बलुनलाई खसाल्ने प्रयास नगर्न अनुरोध गरेका थिए । उक्त बलुन संवेदनशील क्षेत्रहरूको जासुसी गर्न प्रयोग गरिएको पेन्टागनको विश्वास छ ।

खासै गहिरो नरहेकाले उक्त कारबाहीका लागि लामो समय नलाग्ने उनीहरूले अपेक्षा गरेका छन् । राष्ट्रपति बाइडनले लडाकु पाइलटहरूलाई सफलतापूर्वक बलुनलाई खसालिदिएकोमा बधाई दिएका छन् । उनले बुधवार नै उक्त आदेश दिएका थिए।

तर पेन्टागनले जमिनमा रहेका मानिसहरूलाई अनावश्यक खतरामा नपार्ने भन्दै उक्त बलुन पानीमाथि नपुगुन्जेलसम्म कुर्ने निर्णय लिएको थियो । बेइजिङले उक्त बलुन गैरसैनिक मौसम अनुगमन उपकरण भएको र बाटो बिराएर त्यहाँ पुगेको जनाएको थियो ।

त्यसरी अमेरिकाले बल प्रयोग गरेकोमा चीनले आक्रोश व्यक्त गर्दै गम्भीर असन्तुष्टि र विरोध जनाएको छ । चिनियाँ पक्षले निरन्तर अमेरिकी पक्षलाई उक्त बलुन गैरसैनिक प्रयोजनका लागि भएको र त्यो बाटो बिराएर त्यहाँ पुगेको बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जापानी प्रधानमन्त्री किशिदा दुई दिने भारत भ्रमणमा

जापानका प्रधानमन्त्री फुमियो किशिदा दुई दिने भारत भ्रमणका लागि सोमबार भारत आइपुगेका छन्

मध्य अफ्रिकी गणतन्त्रमा नौ चिनियाँ नागरिकको हत्या

मध्य अफ्रिकी गणतन्त्रमा ‘सशस्त्र व्यक्तिहरू’ले आक्रमण गरी नौ जना चिनियाँ कामदारको हत्या गरेका

सैनिक हेलिकोप्टर दुर्घटनामा कोलम्बियामा चार जनाको मत्यु

कोलम्बियामा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पनि चार जनाको ज्यान गएको

हिंसाका घटना बढेपछि अमेरिकाको मियामीमा संकटकाल घोषणा

अमेरिकाको फ्लोरिडा राज्यको एक सहरमा हिंसाका घटना बढेपछि कफ्र्यु आदेश जारी गरिएको छ