अस्ट्रेलियामा हराएको ‘रेडियोएक्टिभ क्याप्सुल’ भेटियो



सानो तर खतरनाक ‘रेडियोएक्टिभ क्याप्सुल’ २२ दिनपछि बुधबार भेटिएको पश्चिमी अस्ट्रेलियाका अधिकारीहरूले बताएका छन् ।

गत महिना अस्ट्रेलियामा एक हजार ४०० किलोमिटर (८७० माइल) लामो दुर्गम राजमार्गमा ढुवानीका क्रममा ट्रकबाट खसेको ‘रेडियोएक्टिभ क्याप्सुल’ ‘ग्रेट नर्दन हाइवे’मा रहेको ‘न्युम्यान माइनिङ टाउन’को दक्षिणमा फेला परेको हो ।

अधिकारीहरुका अनुसार केराउको दानाको आकारको क्याप्सुल खोजीका लागि पठाइएको प्रतिघण्टा ७० किलोमिटर रफ्तारमा यात्रा गरिरहेको सवारी साधनमा रहेको विशेषज्ञ उपकरणले क्याप्सुलबाट उत्सर्जित विकिरणको सङ्केत गरेपछि उक्त राजमार्गको सडक छेउमा अधिकारीहरूले क्याप्सुलको खोजी गरेका थिए ।

सानो खोज उपकरणहरूको सहायतामा सडकको किनारदेखि करिब ६.५ फिट (दुई मिटर) टाढाबाट क्याप्सुललाई सुरक्षितरूपमा उठाइएको छ । “यो एक असाधारण परिणाम हो,” आपतकालीन सेवामन्त्री स्टिफन डसनले भने ।

उनीहरूले ‘परालको थुप्रोमा सियो’ फेला पारेका छन् । प्रमुख स्वास्थ्य अधिकारी एन्डी रोबर्टसनले उक्त क्याप्सुल खसेको स्थानबाट चलाइएको वा आफै पनि चलेकोजस्तो नदेखिएको बताए ।

यसमा सामान्यतया विकिरण गेजहरूमा प्रयोग गरिने ‘सिजियम १३७ सेरामिकको मात्रा हुन्छ । यसले एक घण्टामा १० एक्स–रेबाट निस्कने विकिरणका खतरनाक मात्रा उत्सर्जित गर्दछ । विकिरणका कारण छालामा पोल्ने र लामो समयसम्म सम्पर्कमा रहँदा क्यान्सर हुन सक्ने वैज्ञानिकहरूले बताएका छन् ।

खोजी टोलीले राजमार्गको सम्पूर्ण लम्बाइमा छ दिन लामो खोजीपछि हराएको क्याप्सुल भेटेका हो । क्याप्सुलको आकार आठ मिलिमिटर रहेको छ ।

क्याप्सुल ट्रकबाट कसरी खस्यो भन्नेबारे सरकारी अनुसन्धान सुरु गरिएको छ र यसको रिपोर्ट स्वास्थ्यमन्त्रीलाई उपलब्ध गराइनेछ । रक्षा अधिकारीहरूले सुरक्षाका लागि लिड कन्टेनरमा राखिएको क्याप्सुलको पहिचानको पुष्टि गरिरहेका थिए ।

यसलाई पर्थ शहरको स्वास्थ्य संस्थामा लैजानुअघि न्युम्यानमा सुरक्षित स्थानमा भण्डारण गरिनेछ । गत जनवरी १० मा मरुभूमिको एक खानी स्थलबाट पर्थ लैजाने क्रममा उक्त क्याप्सुल हराएको थियो ।

क्याप्सुल बोक्ने ट्रक जनवरी १६ मा पर्थ डिपोमा आइपुगेको थियो । आपतकालीन सेवाहरूलाई जनवरी २५ मा क्याप्सुल हराएको सूचना दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्बियामा चिनियाँ राष्ट्रपति सीलाई भव्य स्वागत

  सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुकिकले बुधबार ताइवानमा चीनको सार्वभौमसत्ताका लागि आफ्नो बलियो समर्थनको

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको भनाइ

  रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको बुधबार बताएको छ ।

शाही मानहानिको आरोपमा थाई लोकतन्त्र समर्थकलाई तीनवर्षको कारागार सजाय

थाइल्यान्डको एक अदालतले बुधबार शाही मानहानिको आरोपमा एक प्रख्यात लोकतन्त्र समर्थक कार्यकर्तालाई तीन

म्यान्मामा ३० लाख नागरिक विस्थापित

  म्यान्मामा विस्थापित व्यक्तिहरूको सङ्ख्या तीस लाख पुगेको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।