क्यालिफोर्नियामा अर्को गोलीकाण्ड, तीनजनाको मृत्यु



अमेरिकाको क्यालिफोर्नियामा एक हप्तायता नै दोस्रो पटक गोली काण्ड भएको छ । शनिबार भएको यो पछिल्लो गोलीकाण्डमा तीन जनाको ज्यान गएको छ भने अरु चार जना घाइते भएका छन् ।

लस एञ्जलसको छिमेकी बेभरली क्रेस्ट क्षेत्रमा भएको शनिबार बिहानीपख गोलीकाण्ड भएको थियो । गोली प्रहारमा परेर मारिनेमा दुई जना पुरुष र एक महिला छन् ।

घाइतेलाई नजिकैको अस्पताल लगिएको र उनीहरुको अवस्था गम्भीर रहेको केएबिसी टेलिभिजनले जनाएको छ । लस एञ्जलसको उक्त क्षेत्रको एक सडकमा एकजना व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेको बताइएको छ ।

सडकमा गुडिरहेको एक गाडीमाथि सो व्यक्तिले गोली प्रहार गरेको थियो । सवारीमा रहेका तीनजनाको ज्यान गएको थियो ।

त्यस्तै सडकमा हिँडीरहेका अरु चार जना घाइते भएका पनि सो टेलिभिजनले जनाएको छ । गोली प्रहार गर्ने व्यक्तिको खोजी प्रहरी गरेको बताइएको छ । लस एञ्जलसमा भएको एक हप्ता यताकै यो दोस्रो गोली प्रहार हो ।

६ दिन अघि एक रेष्टुरेन्टमा भएको गोली प्रहारमा परेर ११ जनाको ज्यान गएको थियो । त्यसपछि गत सोमबार मात्र पनि अर्काे प्रहारमा परेर मानिसको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जापानी प्रधानमन्त्री किशिदा दुई दिने भारत भ्रमणमा

जापानका प्रधानमन्त्री फुमियो किशिदा दुई दिने भारत भ्रमणका लागि सोमबार भारत आइपुगेका छन्

मध्य अफ्रिकी गणतन्त्रमा नौ चिनियाँ नागरिकको हत्या

मध्य अफ्रिकी गणतन्त्रमा ‘सशस्त्र व्यक्तिहरू’ले आक्रमण गरी नौ जना चिनियाँ कामदारको हत्या गरेका

सैनिक हेलिकोप्टर दुर्घटनामा कोलम्बियामा चार जनाको मत्यु

कोलम्बियामा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पनि चार जनाको ज्यान गएको

हिंसाका घटना बढेपछि अमेरिकाको मियामीमा संकटकाल घोषणा

अमेरिकाको फ्लोरिडा राज्यको एक सहरमा हिंसाका घटना बढेपछि कफ्र्यु आदेश जारी गरिएको छ