पूर्वी युक्रेनमा रुसी आक्रमण, तीन जनाको मृत्यु



पूर्वी युक्रेनको कोन्स्टान्टिनिभका सहरमा रुसी आक्रमणमा परी तीन जनाको मृत्यु हुनुका साथै कम्तीमा दुई जना घाइते भएका छन् ।

डोनेट्स्क क्षेत्रीय गभर्नर पाभ्लो किरिलेन्कोले शनिबार जानकारी दिएअनुसार रूसीहरूले नजिकैका आवासमा गोली हानेका थिए जसमा चार बहुमञ्जिला भवनहरू, एउटा होटल, ग्यारेज र नागरिक कारहरूलाई क्षति पुगेको छ ।

उनले भने लेखेका छन्– ‘तीन नागरिक मारिए । कम्तीमा दुई जना घाइते भए ।’ उनका अनुसार उद्धारकर्मी र प्रहरी घटनास्थलमा उद्धार गरिरहेका थिए र आक्रमणबाट भएको क्षतिको निगरानी गरिरहेका थिए ।

किरिलेन्कोको टेलिग्राममा पोष्ट गरिएका तस्वीरहरूले कारको जलेको अवशेषको वरिपरि छरिएका झ्यालहरू र भग्नावशेषहरू भएका अपार्टमेन्ट भवनहरू देखाउँछन् ।

युक्रेनमाथि आक्रमण गरेको झण्डै एक वर्षपछि रुसले सम्पूर्ण डोनेट्स्क क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिन खोजिरहेको छ ।

त्यस क्षेत्रलाई रुसले आफ्नो हिस्सा घोषणा गरिसकेको छ । युक्रेनका अनुसार यस हप्ता रुसी सेनाले पूर्वमा विशेष गरी वुग्लेदार र बाख्मुत सहरहरूमा आक्रमण बढाएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रबार डोनेट्स्क क्षेत्रमा मोर्चाको अवस्था ‘अत्यन्तै गम्भीर’ रहेको टिप्पणी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ठगी आरोपमा क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय

क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्याङ्कम्यान–फ्राइडलाई अमेरिकी

भारतको जम्मु-श्रीनगरमा ट्याक्सी दुर्घटनामा १० जनाको मृत्यु

भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार ट्याक्सी खस्दा दश

चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका