आयात प्रतिबन्धबाट श्रीलंंकामा दुई अर्ब ५० करोड डलर बचत गर्न सफल


सन् २०२२ मा आयातमा लगाइएको प्रतिबन्धपछि दुई अर्ब ५० करोड अमेरिकी डलर बचत भएको श्रीलङ्काका वित्त राज्यमन्त्री रञ्जित स्याम्बालापिटियाले बताएका छन् ।

बचत भएको रकमबाट इन्धन, औषधि, मललगायतका अत्यावश्यक वस्तु आयात गरिएको अन्तर्राष्ट्रिय भन्सार दिवस समारोहमा उनले जानकारी दिए ।

श्रीलङ्का सरकारले सन् २०२२ को अगष्टमा एक हजार ४०० भन्दा बढी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । तर आर्थिक सङ्कटको अवस्था केही सुस्ताएपछि केही वस्तुमा लगाइएको प्रतिबन्ध हटाएको थियो ।