अमेरिकाले युक्रेनमा एम वान एब्रम्स् ट्याङ्क पठाउने



महिनौँको बहसपछि अमेरिका र जर्मनी दुवैले युक्रेनमा ट्याङ्क पठाउने भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनले दर्जनौँ एम वान एब्रम्स् ट्याङ्कहरू पठाउने योजना घोषणा गर्ने अपेक्षा गरिएको छ ।

जर्मन चान्सलर ओलाफ शोल्ट्सले पनि कम्तीमा १४ लेपर्ड टू ट्याङ्क पठाउने निर्णय गरेको बताइएको छ । यसलाई अमेरिकाका लागि रुसी राजदूतले अर्को स्पष्ट उत्तेजना फैलाउन कार्य भनेका छन् ।

युक्रेनी अधिकारीहरूले ती सम्भावित ढुवानीले रुसविरुद्धको युद्धमा महत्त्वपूर्ण प्रभाव पार्नसक्ने बताएका छन् । वाशिङ्टन र बर्लिन दुवैलाई युक्रेनलाई अस्त्र दिने घोषणा गर्न आन्तरिक र बाह्य दबाब परिरहेको छ ।

वाशिङ्टनले अत्याधुनिक प्रविधियुक्त एब्रम्स् ट्याङ्कका लागि व्यापक प्रशिक्षण र मर्मत आवश्यक पर्ने बताउँदै आएको छ । बर्लिनले नेटो रुससँगको युद्धमा प्रत्यक्ष पक्ष बनिरहेको कुरामा सचेत गराएको थियो ।

एकजना अधिकारीले द न्यूयोर्क टाइम्सलाई ३० देखि ५० वटा ट्याङ्कहरू पठाउन सकिने बताएका छन् । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार जर्मन अधिकारीहरूले अमेरिकीहरूलाई अनौपचारिक रूपमा अमेरिकाले यदि एब्रम्स् एम वान ट्याङ्कहरू दिएमा उनीहरू पनि लेपर्ड टू दिन तयार हुने बताएका थिए ।

अन्तर्राष्ट्रिय दबाबपछि अहिले जर्मन चान्सलरले कम्तीमा १४ वटा त्यस्ता ट्याङ्कहरू पठाउने निर्णय गरेको जर्मनीका सञ्चारमाध्यमले जनाएका छन् ।

लेपर्ड्स पोल्यान्डले १४ वटा नै पठाउन चाहेको छ भने बेलायतले पनि सोही सङ्ख्यामा च्यालेन्जर टू ट्याङ्क युक्रेनलाई दिने प्रतिबद्धता जनाइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियामा माछा मार्ने क्रममा डुङ्गा दुर्घटना हुँदा नौ जना वेपत्ता

दक्षिण कोरियामा माछा मार्ने एउटा डुङ्गा दुर्घटना हुँदा नौ जना वेपत्ता भएका छन्

लडाकु विमान प्रयोग गरी अमेरिकाले खसाल्यो चिनियाँ बलुन

अमेरिकाले आफ्नो आकाशमा देखिएको बलुन लडाकू विमान प्रयोग गरी खसालेको छ । टेलिभिजनहरुमा

कोइला खरिदका लागि श्रीलङ्काली कम्पनीद्वारा एक करोड बीस लाख डलर माग

श्रीलङ्काको कोइलाबाट चल्ने थर्मल प्लान्टका लागि कोइला खरिद तथा आपूर्तिका लागि स्थापना भएको

‘निन्दनीय सामग्री’ प्रकाशन गरेको भन्दै पाकिस्तानद्वारा विकिपिडियामाथि प्रतिबन्ध

‘निन्दनीय सामग्री’ प्रकाशन गरेको भन्दै पाकिस्तानी अधिकारीहरूले विकिपिडियाको वेबसाइटलाई सेन्सर गरेपछि पाकिस्तानमा वेबसाइटमाथि