शीतलहरका कारण अफगानिस्तानमा एकसय भन्दाबढीको मृत्यु


अफगानिस्तानमा गत दुई हप्तामा चिसो मौसम र कार्बन मोनोअक्साइड विषाक्तताका कारण १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

विभिन्न प्रान्तहरूमा कम्तीमा १०४ जनाको मृत्यु भएको छ भने ५० घर क्षतिग्रस्त भएका तालिबान नेतृत्वको मन्त्रालयका प्रवक्ता शफे रहीमीले बताएका छन् ।

अफगानिस्तानको घोर प्रान्तका स्थानीय अब्दुल जाहिरले चिसो मौसमका कारण आफूले एक सन्तान गुमाएको र अहिले गम्भीर आर्थिक अवस्था झेलिरहेको बताएका छन् ।

टोलो न्यूजका अनुसार कमजोर आर्थिक अवस्था भएका परिवारहरू प्रायः यस मौसममा अत्यधिक चिसोको सिकार हुने गर्दछन् ।

तापक्रममा अचानक आएको गिरावटले समस्याग्रस्त देशमा गरिबी र खाद्यान्न र इन्धनको अभावबाट ग्रस्त भएका मानिसहरूलाई अझ नराम्ररी असर गरेको छ। चिसोका कारण चार प्रदेशमा १६ जनाको मृत्यु भएको टोलो न्युजले जनाएको छ ।