इजरायली स्वास्थ्यमन्त्री डेरी बर्खास्त



इजरायली स्वास्थ्यमन्त्री प्रधानमन्त्री आर्यह डेरीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतको फैसलापछि बेन्जामिन नेतन्याहूले उनलाई पदबाट बर्खास्त गरेका छन् ।

सर्वोच्च अदालतले गत बुधबार गतवर्ष कर छलीगरेको अभियोगमा दोषी ठहर भएका कारण ‘डेरीलाई पदबाट हटाउनुपर्ने’ फैसला सुनाएको थियो ।

प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्ति अनुसार नेतन्याहूले डेरीलाई भारी मनकासाथ मन्त्रीबाट हटाउन बाध्य भएको बताएका छन् ।

इजरायलमा नोभेम्बर १ मा भएको निर्वाचनपछि गठबन्धन सम्झौताअन्तर्गत गत महिना दक्षिणपन्थी यहुदी पार्टीका नेता डेरीलाई स्वास्थ्य तथा आन्तरिक मन्त्री नियुक्त गरिएको थियो ।

न्यायाधीशहरूले डेरीले कम सजाय पाउनका लागि राजनीतिबाट राजीनामा दिन चाहेको जस्तो देखिएको बताएका छन् ।

वरिष्ठ राजनीतिज्ञलाई करिब ५० हजार अमेरिकी डलर जरिवाना गरिएको थियो र उनले आफ्नो संसदीय सीट त्यागेका थिए । तर नोभेम्बरको चुनावमा उनले फेरि प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफगानिस्तानमा बाढीका कारण ४० हजार बालबालिका घरबारविहीन

उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार आएको बाढीका कारण झन्डै ४० हजार बालबालिकाले आफ्नो

विषादीको बढ्दो प्रयोगप्रति ‘एफएओ’ चिन्तित

  बोत्सवानामा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले कीरा, झार र

ट्रम्पले पोर्नस्टारसँगको दबाउन चाहेको पूर्ववकिलको खुलासा

बीबीसी । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका एक पूर्ववकिलले राष्ट्रपतीय निर्वाचनको समयमा पोर्नस्टारसँगको रहेको

भारतमा होडिङबोर्ड ढल्दा १४ जनाको मृत्यु

बीबीसी । भारतको मुम्बईमा होडिङबोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने