श्रीलङ्कामा मार्चमा स्थानीय परिषद्को निर्वाचन हुने



श्रीलङ्काको राष्ट्रिय निर्वाचन आयोगले आगामी मार्च ९ मा स्थानीय परिषद्को निर्वाचन हुने घोषणा गरेको छ ।

आयोगले श्रीलङ्काका सबै जिल्लाका लागि नयाँ नगर प्रमुख र स्थानीय परिषद् सदस्य चयनका लागि निर्वाचनको मिति तय गरेको हो ।

आयोगका अनुसार प्रमुख सबै राजनीतिक दलले शनिबार दिउँसो तोकिएको समयावधि सकिनै लाग्दासम्म प्रतिस्पर्धाका लागि मनोनयन पत्र बुझाएका छन् ।

राष्ट्रपति रानिल विक्रमासिङ्घेको युनाइटेड नेसनल पार्टी र पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षेको श्रीलङ्का पोदुजाना पेरामुनाले मार्चमा हुने चुनावमा भाग लिनका पहिलो पटक गठबन्धन गर्न सहमत भएका छन् ।

उनीहरूको मुख्य लडाइँ साजिथ प्रेमदासाको नेतृत्वमा रहेको विपक्षी समागी जन बलवेगयासँग हुनेछ । चुनावका लागि केही साना राजनीतिक दलले पनि गठबन्धन बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिनियाँ विद्युतीय कारमा कर लगाउन जर्मनी र स्विडेन उदासीन

वासिङ्टनले चिनियाँ विद्युतीय कार (इभी) मा ठूलो शुल्क लगाउने घोषणा गरेपछि जर्मनी र

अफगानिस्तानमा बाढीका कारण ४० हजार बालबालिका घरबारविहीन

उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार आएको बाढीका कारण झन्डै ४० हजार बालबालिकाले आफ्नो

विषादीको बढ्दो प्रयोगप्रति ‘एफएओ’ चिन्तित

  बोत्सवानामा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले कीरा, झार र

ट्रम्पले पोर्नस्टारसँगको दबाउन चाहेको पूर्ववकिलको खुलासा

बीबीसी । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका एक पूर्ववकिलले राष्ट्रपतीय निर्वाचनको समयमा पोर्नस्टारसँगको रहेको