युद्धसँग जोडिएको क्षेत्रलाई युनेस्कोको सम्पदा बनाउने जापानी योजनाको विरोध



दक्षिण कोरियाले युद्धसँग सम्बन्धित आफ्नो खानीलाई युनेस्कोको सम्पदा सूचीमा समावेश गर्न जापानले पटक–पटक गरेको प्रयासको विरोध गर्दै सियोल र टोकियोबीचको लामो कूटनीतिक विवादलाई नवीकरण गरेको छ ।

दक्षिण कोरियाको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जापान सरकारले युनेस्कोको विश्व सम्पदा सूचीमा ‘साडो आइल्याण्ड गोल्ड माइन्स’ को नामाङ्कन पुनः पेस गरेकोमा खेद व्यक्त गरेको छ ।

जापानले सन् २०१५ मा जापानको मेइजी औद्योगिक आन्दोलनस्थलको शिलालेखसँग सम्बन्धित अनुवर्ती उपायहरू पूर्णरूपमा कार्यान्वयन नगरेको उल्लेख गर्दै कोरियाली मन्त्रालयले साडो खानीको पृष्ठभूमि पनि मेइजीका क्षेत्रहरूको जस्तै रहेको उल्लेख गरेको छ ।

दक्षिण कोरियाली इतिहासकारहरूका अनुसार दोस्रो विश्वयुद्धको क्रममा युद्धसँग सम्बन्धित सामग्रीहरू उत्पादन गर्ने सुविधामा परिणत भएको साडो टापुमा रहेको सुन र चाँदीखानीका लागि जापानले हजारौँ कोरियालीहरूलाई भारी श्रम गर्न बाध्य पारेको थियो । यो खानी सन् १९८९ मा बन्द भएको थियो ।

गत वर्षको फेब्रुअरीमा दिइएको प्रारम्भिक पत्र अधुरो रहेको भन्दै जापान सरकारले विवादास्पद खानीलाई युनेस्कोको सम्पदाको सूचीमा सूचीकृत गर्न बिहीबार पुनः सिफारिस पत्र बुझाएको थियो । प्रारम्भिक पत्रमा जापानले २०औँ शताब्दीको युद्धकालको विगतलाई खानीबाट हटाएको बताइएको छ ।

दक्षिण कोरियाली मन्त्रालयले जापानलाई आफूले प्रतिबद्धता जनाएको र विश्व सम्पदा समितिले पटक–पटक गरेका निर्णयलाई यथाशीघ्र कार्यान्वयन गर्न पुनः आग्रह गरेको जनाएको छ ।

दक्षिण कोरियाले युनेस्कोलगायत अन्तर्राष्ट्रिय समुदायसँग मिलेर युद्धकालमा काम गर्न बाध्य पारिएका मानिसहरूको पीडादायी इतिहास समावेश भएको पूर्ण इतिहास प्रतिविम्बित गर्ने काम छिट्टै सुरू गर्ने पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रीमतीको हत्या आरोपमा कजाकिस्तानका पूर्वमन्त्रीलाई २४ वर्षको कारागार सजाय

  आफ्नी श्रीमतीलाई रेस्टुरेन्टमा कुटपिट गरी हत्या गरेको आरोपमा कजाकिस्तानको एक अदालतले एक

शहबाज सरिफद्वारा पिएमएल–एनको अध्यक्ष पदबाट राजीनामा

  पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सोमबार पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) को अध्यक्ष पदबाट

श्रीलङ्काका पूर्वराष्ट्रपति सिरिसेनाद्वारा एसएलएफपीको अध्यक्ष पदबाट राजीनामा

  श्रीलङ्काका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेनाले श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) को अध्यक्ष पदबाट राजीनामा

केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको अपील भारतको सर्वोच्च अदालतद्वारा खारेज

  सर्वोच्च अदालतले सोमबार दिल्लीको उत्पादन शुल्क नीतिसँग सम्बन्धित मनी लान्ड्रिङ मामिलामा प्रवर्तन