समलिङ्गीलाई न्यायाधीश नियुक्त गर्न भारत सरकारद्वारा अस्वीकार



भारत सरकारले एक वरिष्ठ वकिल समलिङ्गी भएको र उनको विदेशी साझेदार रहेको भन्दै न्यायाधीश नियुक्त गर्न अस्वीकार गरेको छ ।

नयाँ दिल्लीले सन् २०१८ मा सर्वोच्च अदालतको फैसलासँगै समलिङ्गी यौनसम्बन्धलाई अपराधको दायरामा ल्याएको थियो र एक अर्ब ४० करोड जनसङ्ख्या भएको यो देशमा समलिङ्गीहरूको अधिकारको व्यापक विरोध हुने गरेको छ ।

सहरी मध्यम वर्गमा समलैङ्गिकता प्रतिको दृष्टिकोण केही हदसम्म नरम भएको छ । तर धेरै समलिङ्गी भारतीयहरू अझै पनि आफ्नो परिवार, साथीहरू वा काममा बाहिर आएमा उनीहरूबाट टाढिने खतरा छ ।

गत नोभेम्बरमा प्रधान न्यायाधीशसहितको सर्वोच्च अदालतको एक समितिले सर्वसम्मत रूपमा सौरभ किरपाललाई दिल्लीको उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । तर सरकारले उनको उम्मेदवारी फिर्ता पठाएको छ ।

भारतको बाह्य गुप्तचर एजेन्सी र कानून मन्त्रालयले उनको यौन अभिमुखीकरण र स्विस नागरिकसँग ‘घनिष्ठ सम्बन्ध’ रहेको आधारमा नियुक्ति अस्वीकृत गरेकोे जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफगानिस्तानमा बाढीका कारण ४० हजार बालबालिका घरबारविहीन

उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार आएको बाढीका कारण झन्डै ४० हजार बालबालिकाले आफ्नो

विषादीको बढ्दो प्रयोगप्रति ‘एफएओ’ चिन्तित

  बोत्सवानामा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले कीरा, झार र

ट्रम्पले पोर्नस्टारसँगको दबाउन चाहेको पूर्ववकिलको खुलासा

बीबीसी । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका एक पूर्ववकिलले राष्ट्रपतीय निर्वाचनको समयमा पोर्नस्टारसँगको रहेको

भारतमा होडिङबोर्ड ढल्दा १४ जनाको मृत्यु

बीबीसी । भारतको मुम्बईमा होडिङबोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने