सोमालियामा अल–शबाबको आक्रमणमा सात सैनिकसहित एकसय भन्दाबढीको मृत्यु



सोमालियाको गाल्काड शहरमा रहेको एक सैन्य शिविरमा शुक्रबार भएको अल–शबाब आक्रमणमा परी सात सैनिकको मृत्यु भएको छ ।

सोमालियाको राजधानी मोगादिशुबाट करिब ३७५ किलोमिटर उत्तरमा रहेको गाल्काड शहरमा इस्लामिक लडाकूसमूहले आक्रमण गर्दा मृत्यु हुनेमा एक वरिष्ठ विशेष बलका कमाण्डर रहेको सोमालियाको सूचना मन्त्रालयले जनाएको छ ।

उक्त आक्रमणका क्रममा अलकायदा सम्बद्ध समूहका सयभन्दा बढी लडाकू मारिएका सेनाले दावी गरेको छ तर यस दावीको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

त्यहाँ ठूलो लडाइँ भएको र (जिहादीहरू) पराजित भएका मन्त्रालयले जानकारी दिएको छ ।

अल–शबाबले उक्त आक्रमणमा आफ्नो हात रहेको र ठूलो सङ्ख्यामा हताहत भएको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुटिन यसै साता चीन भ्रमणमा जाने

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा यसै हप्ता चीनको

चिनियाँ विद्युतीय कारमा कर लगाउन जर्मनी र स्विडेन उदासीन

वासिङ्टनले चिनियाँ विद्युतीय कार (इभी) मा ठूलो शुल्क लगाउने घोषणा गरेपछि जर्मनी र

अफगानिस्तानमा बाढीका कारण ४० हजार बालबालिका घरबारविहीन

उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार आएको बाढीका कारण झन्डै ४० हजार बालबालिकाले आफ्नो

विषादीको बढ्दो प्रयोगप्रति ‘एफएओ’ चिन्तित

  बोत्सवानामा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले कीरा, झार र