किर्गिस्तानमा नगद विदेशी मुद्रा झिक्न नपाइने



किर्गिस्तानले अर्को व्यवस्था नभएसम्मका लागि विदेशी मुद्रा झिक्न नपाउने नियम लागू गरेको छ । मन्त्रिपरिषद्ले यससम्बन्धमा निर्णय नगरेसम्म बैंकबाट विदेशी मुद्रा निकाल्न नपाइने किर्गिज सरकारले सूचना जारी गरेर जनाएको हो ।

मन्त्रिपरिषद्का अध्यक्ष अकिल्बेक झापारोभले जारी गरेको सूचनामा देशको आर्थिक सुरक्षा सुनिश्चित गर्न तथा आन्तरिक मुद्रा बजारलाई स्थायित्व प्रदान गर्दै राष्ट्रिय हितको रक्षाका खातिर अमेरिकी डलर निकाल्ने सीमा लागू गरिएको जनाइएको छ ।

नयाँ व्यवस्थाअनुसार गैरआवासीय र विदेशी नागरिकलाई पाँच हजार अमेरिकी डलरभन्दा बढी नगद निकाल्न निषेध गरिएको छ । किर्गिस्तानका बासिन्दा र नागरिकका लागि दश हजार डलर झिक्न पाउने व्यवस्था गरिएको र त्यो सीमा बढेमा १० प्रतिशत अतिरिक्त शुल्क लाग्नेछ ।

मन्त्रिपरिषद्ले अर्थ मन्त्रालय, भन्सार सेवालगायत सम्बद्ध सबै निकायलाई अमेरिकी डलर नगदमा निकाल्नबाट रोक्न आवश्यक कदम चाल्न निर्देशन पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफगानिस्तानमा बाढीका कारण ४० हजार बालबालिका घरबारविहीन

उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार आएको बाढीका कारण झन्डै ४० हजार बालबालिकाले आफ्नो

विषादीको बढ्दो प्रयोगप्रति ‘एफएओ’ चिन्तित

  बोत्सवानामा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले कीरा, झार र

ट्रम्पले पोर्नस्टारसँगको दबाउन चाहेको पूर्ववकिलको खुलासा

बीबीसी । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका एक पूर्ववकिलले राष्ट्रपतीय निर्वाचनको समयमा पोर्नस्टारसँगको रहेको

भारतमा होडिङबोर्ड ढल्दा १४ जनाको मृत्यु

बीबीसी । भारतको मुम्बईमा होडिङबोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने