म्यान्मारमा हतियार उत्पादन गर्न सेनालाई विश्वव्यापी कम्पनीको साथ



संयुक्त राष्ट्रसंघका एक पूर्व उच्च अधिकारीले म्यान्मारमा सेनाले आफ्नै नागरिकविरूद्ध प्रयोग गर्न कम्तीमा १३ देशका कम्पनीहरूले आपूर्ति गरेका सामग्रीहरूबाट थुप्रै प्रकारका हतियारहरू निर्माण गरिरहेको बताएका छन् ।

म्यान्मारलाई एक्लाउन पश्चिमा नेतृत्वको प्रतिबन्ध लागेको भए पनि त्यसरी हतियार बनाउन सामग्री आपूर्ति गर्नेमा अमेरिका, फ्रान्स, भारत र जापानलगायतका देशहरू रहेको भनेर नाम सहित उल्लेख गरिएको छ ।

प्रतिवेदनका अनुसार सेनाको विरोध गर्नेविरुद्ध घरेलु उत्पादित हतियारहरू नै प्रयोग गरिएको थियो । सन् २०२१ को फेब्रुअरीमा सैन्य कू भएयता म्यान्मार हिंसामा फसेको छ ।

निर्वाचित सरकारलाई सत्ताबाट बाहिर निकालेको सैनिक कूको विरोध गर्नेहरू त्यसपछि लागु गरिएको सैनिक शासनको प्रतिरोध गर्न जातीय विद्रोही समूहहरूमा आवद्ध भएका छन् ।

म्यान्मार मामिलामा विशेष परामर्श परिषदले तयार पारेको उक्त प्रतिवेदनमा संयुक्त राष्ट्रसंघका थुप्रै सदस्य राष्ट्रहरूले त्यहाँको सेनालाई हतियार बेच्न निरन्तरता दिएको उल्लेख छ ।

नाम उल्लेख गरिएका कम्पनीहरूले म्यानमारको सेनालाई कच्चा पदार्थ आपूर्ति गर्ने देखि तालिम र मेसिनहरू उपलब्ध गराउने गरेका छन्। त्यसरी उत्पादित हतियारहरू सीमा सुरक्षाका लागि प्रयोग नभएको पनि प्रतिवेदनले जनाएको छ ।

सबैभन्दा पछिल्लो सैन्य कू यता म्यान्मारमा सेनाबाट मारिनेहरूको आधिकारिक सङ्ख्या २६ सय भन्दा बढी रहेको छ। यद्यपि, त्यसरी ज्यान गुमाउनेहरूको वास्तविक सङ्ख्या त्योभन्दा १० गुणा बढी भएको ठानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफगानिस्तानमा बाढीका कारण ४० हजार बालबालिका घरबारविहीन

उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार आएको बाढीका कारण झन्डै ४० हजार बालबालिकाले आफ्नो

विषादीको बढ्दो प्रयोगप्रति ‘एफएओ’ चिन्तित

  बोत्सवानामा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले कीरा, झार र

ट्रम्पले पोर्नस्टारसँगको दबाउन चाहेको पूर्ववकिलको खुलासा

बीबीसी । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका एक पूर्ववकिलले राष्ट्रपतीय निर्वाचनको समयमा पोर्नस्टारसँगको रहेको

भारतमा होडिङबोर्ड ढल्दा १४ जनाको मृत्यु

बीबीसी । भारतको मुम्बईमा होडिङबोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने