चीनमा जनसङ्ख्या घट्दोक्रममा



चीनमा दशकौँपछि पहिले पटक जनसङ्ख्या घट्दोक्रममा देखिएको छ । राष्ट्रिय तथ्याङ्क ब्युरोले सार्वजनिक गरेको विवरण अनुसार अघिल्लो वर्षको तुलनामा सन् २०२२ मा आठ लाख पचास हजार जनसङ्ख्या कम पाइएको छ ।

यो सङ्ख्यामा हङकङ, मकाउ र विदेश रहेका बासिन्दाहरू बाहेक मुख्य भूमि चीनमा मात्र रहेको जनसङ्ख्या हो । यहाँ गत वर्ष एक करोड ४१ लाख मृत्यु दर्ता गरिएको थियो भने ९० लाख ५६ हजार नवजात जनसङ्ख्या रहेको थियो।

यो सँगै कुल जनसङ्ख्या १ दशमलव ४१ अर्ब रहेको छ । कुल जनसङ्ख्यामा पुरुषको सङ्ख्या ७२ करोड र महिलाको सङ्ख्या ६८ करोडको हाराहारीमा पुगेको छ । जनसङ्ख्यामा देखिएको यो गिरावट देशले अङ्गीकार गरेको एक सन्तानको कडा नीतिको परिणाम रहेको बताइएको छ ।

पछिल्लो समय चीनले एक सन्तानको नीति त्यागेर दुई वा तीन सन्तान जन्माउन प्रोत्साहन गर्न खोजेको छ तर त्यो नीति पनि त्यति प्रभावकारी देखिएको छैन । जनसङ्ख्यामा आएको यो गिरावटमा अर्को मुख्य कारक तत्त्वकारूपमा शहरी क्षेत्रमा बालबालिका हुर्काउने लाग्ने खर्चलाई पनि लिने गरिएको छ ।

चीन लामो समयदेखि विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको राष्ट्र बनेको छ यद्यपि भारतले चीनलाई छिट्टै उछिन्ने अपेक्षा गरिएको छ ।हाल भारतको जनसङ्ख्या १ दशमलव ४ अर्बभन्दा बढी रहेको र बढ्दै गइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुटिन यसै साता चीन भ्रमणमा जाने

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा यसै हप्ता चीनको

चिनियाँ विद्युतीय कारमा कर लगाउन जर्मनी र स्विडेन उदासीन

वासिङ्टनले चिनियाँ विद्युतीय कार (इभी) मा ठूलो शुल्क लगाउने घोषणा गरेपछि जर्मनी र

अफगानिस्तानमा बाढीका कारण ४० हजार बालबालिका घरबारविहीन

उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार आएको बाढीका कारण झन्डै ४० हजार बालबालिकाले आफ्नो

विषादीको बढ्दो प्रयोगप्रति ‘एफएओ’ चिन्तित

  बोत्सवानामा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले कीरा, झार र