सोमालियामा अल सबाबको आक्रमणमा ११ सैनिकको मृत्यु



सोमालियाको सैन्य आधार क्षेत्रमा अल सबाबका लडाकाले गरेको आक्रमणमा एक जना वरिष्ठ सैनिक अधिकारीसहित ११ जना मारिएका छन् ।

राजधानी मोगादिसुको उत्तरी भागमा अवस्थित सेनाको शिविरमा मंगलबार भएको आक्रमणमा ती सैनिक मारिएको दाबी अलसबाबका एक जना कमाण्डरले बताए ।

सरकारी फौजका सहयोगी स्थानीय लडाकुका एक जना कमाण्डरका अनुसार शिविरमा भएको दोहोरो झडमा दर्जनौ आतङ्कारीको पनि मृत्यु भएको छ ।

विष्फोटक पदार्थले लादिएको कार अतिवादीहरूले सैनिक शिविरमा विष्फोट गराएर सशस्त्र समूह शिविरमा प्रवेश गरेको उनले बताए ।

आतङ्वादीलाई आक्रमणस्थलबाट भगाइएको तथा उक्त क्षेत्र सेनाको पूर्ण नियन्त्रणमा रहेको जानकारी पनि उनले दिएका छन् ।

अलकायदासँग आबद्ध आतङ्कारी समूह अलसबाबले आक्रमाणको जिम्मेवारी लिएको छ । एक दशकभन्दा लामो समयदेखि आफ्नो नियन्त्रणमा रहेको रणनीतिक तटीय शहरमा सेनाले आफ्नो कब्जा जमाएको दोस्रो दिन सैन्य शिविरमा उक्त हमला भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हृदयघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु

  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा ४० प्रतिशत मृत्यु हृदयाघातबाट हुने गरेको

स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार, अवस्था गम्भीर

बीबीसी । युरोपेली मुलुक स्लोभाकियाका प्रधानमन्त्री रोबेर्टो फीट्सोमाथि गोली चलाइँदा उनी गम्भीर घाइते

डढेलोबाट प्रभावित पश्चिमी क्यानाडामा ६ हजारभन्दा बढी विस्थापित

  क्यानाडाको पश्चिमी प्रान्त अल्बर्टामा भीषण डढेलोका कारण ६ हजार छ सय बासिन्दालाई

श्रीलङ्काले मेको अन्त्यमा पहिलो ‘आइओआरए व्यापार सम्मेलन’ आयोजना गर्ने

  श्रीलङ्काले मे २८ देखि २९ सम्म इन्डियन ओशन रिम एसोसिएसन (आइओआरए) व्यापार