प्यालेस्टिनी प्रधानमन्त्रीद्वारा मध्यपूर्वमा शान्ति स्थापना लागि आह्वान



प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद इश्तेयले इजरायलसँगको द्वन्द्व अन्त्य गर्न मध्यपूर्वमा शान्ति स्थापनार्थ पहल गर्न संयुक्त राष्ट्रसंघलाई आह्वान गरेका छन् ।

संयुक्त राष्ट्र संघको पश्चिम एशियाको आर्थिक तथा सामाजिक आयोगले प्यालेस्टिनीसँगको अन्तराष्ट्रिय ऐक्यबद्धता दिवसको उपलक्ष्यमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना गरेको भर्चुअल बैठकमा इष्टायले यस्तो टिप्पणी गरेका हुन् ।

उनले संयुक्त राष्ट्रसंघका सदस्यहरूलाई ‘संयुक्त राष्ट्रसंघमा पूर्ण सदस्यता प्राप्त गर्न प्यालेस्टाइनको आवेदनलाई समर्थन गर्न, प्यालेस्टाइनमा आम चुनाव गराउन इजरायललाई दबाब दिन र प्यालेस्टाइनीहरू विरुद्ध गरेको अपराधको लागि इजरायललाई जवाफदेही बनाउन’ आग्रह गरेका हुन् ।

प्यालेस्टाइनीहरू सन् १९६७ मा इजरायलले कब्जा गरेको प्यालेस्टिनी भूभागमा इजरायलसँगै एउटा स्वतन्त्र राज्य स्थापना गर्न चाहन्छन् जसमा वेस्ट बैंक र गाजा पट्टी पनि छ । जसको राजधानी पूर्वी जेरुसेलम हो ।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टिनी जनतासँग एकताको अन्तरराष्ट्रिय दिवसमा दुई–राज्य समाधानको आवश्यकतालाई पुनः पुष्टि गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका

ज्याकोब जुमाले चुनाव लड्न नपाउने

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार

बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन्

दक्षिण अफ्रिकामा ४६ यात्रु सवार बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । जोहानेसबर्गबाट करिब