रास्वपा सभापति रवि लामिछाने तीनदिने तीर्थाटनका लागि आज भारत जाँदै


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि आज भारत जाने भएका छन्।

पार्टीको निजी सचिवालयका अनुसार लामिछाने आज भारत भ्रमणमा जान लागेका हुन्।

भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

धनगढी हुँदै भारत प्रस्थान गर्ने लामिछाने तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किनेछन्।