मलेसियामा मन्त्रिपरिषद् विस्तार



मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले आफ्नो मन्त्रिपरिषद् विस्तार गरेका छन् । देशको सबै भागलाई प्रतिनिधित्व गराउँने अभिप्रायले दुईजना उपप्रधानमन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री अन्वरले अर्थमन्त्रीको जिम्मेवारी भने आफैंले सम्हाल्ने छन् । उनले सन् १९९१ देखि १९९८ सम्म पनि सो जिम्मेवारी सम्हालेका थिए ।

युनाइटेड मलेस नेसनल अर्गनाइजेसन (युएमएनओ) का अध्यक्ष अहमद जाहिद हमीदी र उत्तरी बोर्नियो राज्य सारावाकका फदिल्लाह युसुफलाई उपप्रधानमन्त्री तोकेका छन् । प्रधानमन्त्री अन्वरले यसअघि उत्तरी बोर्नियो राज्य सबा र सारावाकलाई बढी प्रतिनिधित्व दिने वाचा गरेका थिए ।

अन्य प्रमुख मन्त्रीहरूमा यातायात मन्त्रालयको प्रमुख एन्थोनी लोक सिउ फुक, अन्तरराष्ट्रिय व्यापार तथा उद्योग मन्त्री टेङ्कु जाफ्रुल टेङ्कु अब्दुल अजिज र विदेशमन्त्री जाम्ब्री अब्दुल कादिर लगायतका रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूकम्पबाट टर्की र सिरियामा मृत्यु हुनेको सङ्ख्या १९ सय नाघ्यो

टर्की र सिरियामा सोमबार करिब एक शताब्दी यताकै शक्तिशाली भूकम्प गएछि त्यसबाट मृत्यु

टर्कीमा भूकम्पबाट १२ सय जनाभन्दा बढीको मृत्यु

टर्कीले केही समयअघि मात्रै देशको पूर्वी भागमा दोस्रो शक्तिशाली भूकम्प गएको जनाएको छ। अघिल्लो

जाम्बियामा हैजाको प्रकोप

जाम्बियामा हैजाको प्रकोप बढ्दै गएको छ । यहाँको वुहाबी जिल्लामा मात्र हैजाका सङ्क्रमितको

भूकम्पबाट टर्की र सिरियामा एकसय भन्दाबढीको मृत्यु

टर्की र सिरियामा शक्तिशाली भूकम्पमा परी एकसय भन्दाबढीको मृत्यु भएको छ । भूकम्पका